काठमाडौं– नेपाल अर्थोपेडिक एसोसिएसन अन्तर्गत नेपालमा कार्यरत जोर्नी प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरुको ११ सदस्यीय उप–समिति गठन भएको छ।
उप–समिति प्रा डा. दिर्घराज आरसीको अध्यक्षतामा गठन भएको हो। समितिका उपाध्यक्षहरुमा डा. अर्जुन लामिछाने तथा डा. सजु प्रधान रहेका छन्।
त्यसैगरी महासचिवमा डा. सुमन बाबु मरहट्ठा र कोषाध्यक्षमा डा. ऋषि विष्टलाइ जिम्मेवारी दिइएकाे छ।
समितिका सदस्यहरुमा डा. सुरेश पाण्डे, डा. सुमन श्रेष्ठ, डा. विवेक बास्कोटा, डा. श्रवण थापा, डा. सुशील राना मगर र डा. भाष्कर पन्त छन्।
नव गठित समितिले नेपाल भर जोर्नी प्रत्यारोपणको स्तर वृद्धि गर्नका लागि आम जनमानसमा जनचेतना फैलाउने, खोज तथा अनुसन्धानात्मक कार्यहरुको सम्बन्धमा सेमिनार तथा गोष्ठि आयोजना गर्ने, वैदेशिक ज्ञान सीप एक आपसमा साटासाट गर्ने तथा युवा चिकित्सकहरुलाई जोर्नी प्रत्यारोपण सम्बन्धी विभिन्न किसिमका तालिम प्रदान गर्ने उद्देश्य राखेको समितिका महासचिव डा. सुमन बाबु मरहठ्ठाले बताए।