काठमाडौं— स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले आयुर्वेद विभाग थन्किएको अवस्थामा सुतेको विभाग जस्तो भएको टिप्पणी गरेका छन्।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले धन्वन्तरी जयन्ती तथा आरोग्य दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले आयुर्वेद विकासका १० वर्षे योजनासहित लगानीको वातावरण बनाइ जटिबुटीको उत्पादन, संकलन र व्यवस्थापन गर्न आयुर्वेद विभागबाट प्रस्ताव ल्याउन निर्देशन दिए।
उनले आयुर्वेदका कार्यक्रममा 18को आधारसहितको कुरालाई जनतासम्म पु¥याउन सञ्चारमाध्यमको प्रयोग गर्नुपर्नेमा जोड दिए।
स्थायी सरकार आएकोले अब बजेटको समस्या नहुने भन्दै उनले भने, ‘अहिलेसम्म बजेटको समस्या थियो, तर अब बजेट दिन्छौँ, लोकप्रिय कार्याक्रम ल्याउनुस्।’
अहिलेसम्म आयुर्वेद रिर्सच सेन्टरको उपयोग हुन नसकेको भन्दै सरकार र आयुर्वेदकर्मी दुबैको दीर्घकालिन सोच आउन नसकेको उनको भनाई छ।
विभागले धन्वन्तरी जयन्ती तथा आरोग्य दिवसको अवसर पारी पाँच र दश मिनेटको योग अभ्यास प्याकेज ल्याएको छ।
भिडियो प्याकेजमा मानिसले छोटो समयको योग कसरी गर्ने भन्ने दृश्यसहित राखिएको छ।
सो अवसरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका बिरामीलाई फलफूल वितरण गरिएको थियो भने टेकुमा प्रभातफेरी गरिएको थियो।