धनगढी– नवजात शिशु र सुत्केरीको जीवनरक्षाका लागि स्वास्थ्य संस्थाहरुलाई आवश्यक उपचार सामग्री वितरण गरिएको छ।
सफा सुनौलो नेपाल र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले संयुक्त रुपमा आयोजना गरेको मिडवाइफरी तालिम समापनका अवसरमा स्वास्थ्य संस्थाहरुलाई सोमबार ती सामग्री वितरण गरिएको हो। हेल्पिङ बेबिज ब्रिथ÷हेल्पिङ मदर्स सरभाइभ (बेब) कार्यक्रमले स्वास्थ्य संस्थाका अधिकारीहरुलाई ‘मामाको नाताले’ अंकित उपचार सामग्री राखिएको झोला उपलब्ध गराएको थियो।
बच्चा जन्माउने क्रममा गर्भवती महिलामा हुने रक्तश्राव रोक्ने, बच्चा जन्माउन मद्दत गर्ने उपकरण तथा सामग्री भएको झोला सुत्केरीको जीवन रक्षाका लागि र जन्मिने बेला शिशुलाई श्वासप्रस्वास गर्न तथा आमाको गर्भबाट सुरक्षित रुपमा बाहिर आउन मद्दत गर्ने उपकरण तथा सामग्री भएको झोला उपलब्ध गराइएको छ।
बेबका कार्यक्रमका संयोजक रञ्जन ढुंगानाले सुत्केरीका लागि प्रयोग हुने झोलामा ६० हजार रुपैया मूल्यका उपचार सामग्री राखिएको बताए। त्यस्तै, नवजात शिशुको लागि प्रयोग हुने झोलामा ३५ हजार रुपैया“ मूल्यका उपचार सामग्री रहेको छ। उनले तालिममा सहभागी प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुलाई ती सामग्री उपलब्ध गराइएको बताए।
ल्याटर डे स्यान्ट च्यारिटिजको प्राविधिक सहयोगमा धनगढीमा आयोजित तीन दिने तालिम सोमबार समापन भएको थियो।
तालिम समापनका अवसरमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले स्वास्थ्य संस्थाहरुलाई ती सामग्री हस्तान्तरण गर्नुका साथै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए।
सो अवसरमा मन्त्री सोडारीले तालीमपछि अबका दिनमा नवजात शिशु र सुत्केरीको मृत्यु भएको खबर सुन्न नपर्ने वातावरण बनाउन आग्रह गरे।
तालिम समापन कार्यक्रममा तालिमका मास्टर ट्रेनर डाक्टर माइकलले गाउँघरमा गएर प्रशिक्षार्थीहरुले शिशु र सुत्केरी आमाको ज्यान जोगाउने काम गर्ने अपेक्षा रहेको बताए। उनले भने, ‘अब गाउ“मा समेत कुनै पनि सुत्केरी आमा र नवजात शिशुको मृत्यु भएन भन्ने रिपोर्ट आएमा यो तालिम सफल भएको मानिने छ।’
तीन दिनसम्म सञ्चालन भएको तालिममा जन्मिने बित्तिकै श्वास20 गर्न नसकेर मृत्यु हुनसक्ने नवजात शिशु र अत्यधिक रक्तश्राव भएर मृत्यु हुने नवसुत्केरीलाई बचाउने तरिकाबारे ज्ञानसीप प्रदान गरिएको बताइएको छ।
तालिममा तीन वटा प्रदेशका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र 4 कलेजका मिडवाइफरी शिक्षकहरुको सहभागिता थियो। सहभागीहरुलाई विदेशी मिडवाइफरी विशेषज्ञ प्रशिक्षक, नेपाली मिडवाइफरी प्रशिक्षक तथा स्वास्थ्यकर्मीहरुले तालिम दिएका थिए।