काठमाडौं – नेपाल स्त्रीरोग तथा प्रसूती विशेषज्ञ समाज (नेसोग)मा नयाँ कार्यसमिति चयन भएको छ। नेसोगको शनिबार सम्पन्न कार्यकारी समितिको चुनावले डा हिरा तुलाधारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
नेसोगको वरिष्ठ उपाध्यक्षमा डा गणेश दंगाल, उपाध्यक्षमा डा गेहनाथ बराल, महासचिवमा डा चन्दा श्रीवास्तव, कोषाध्यक्षमा डा स्मृती मास्के, सहसचिवमा डा मधु तुम्बाहाङ्ग्फे निर्वाचित भएका छन्।
यस्तै, नेसोगको सामाजिक सांस्कृतिक तथा बैज्ञानिक सचिवमा डा पदम राज पन्त, सामाजिक सांस्कृतिक तथा बैज्ञानिक सहसचिवमा डा सन्देश पौडेल निर्वाचित भएका छन्।
सदस्यहरुमा डा जितेन्द्र परियार, डा शान्ति श्रेष्ठ, डा ऋजुता जोशी झा, डा अतित पौडेल, डा मनिषा बज्राचार्य र डा अस्था श्रेष्ठ निर्वाचित भएका छन्।