काठमाडाैँ- स्वास्थ्यमा सुधार आएपछि डा गोविन्द केसीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। उनी दुई दिनदेखि त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन सेन्टरमा उपचाररत थिए।
छातीमा समस्या देखिएपछि उनलाई सिसियुमा राखेर उपचार गरीएको थियो। डिस्चार्ज भए पनि उनलाई चिकित्सकहरुले आराम गर्न सुझाव दिएका छन्।
डा केसीलाई सोमबार बिहान ४ बजे मनमोहन सेन्टरको आकस्मिक कक्षमा लगिएको थियो।
आकस्मिक कक्षबाट उनलाई सिसियुमा लगिएको थियो। उनकाे उपचारमा डा अरुण सायमी र उनकाे टिम संलग्न थिए।