काठमाडौं - भारतले नेपाल तर्फ हुने औषधिको निर्यातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । फार्मास्युटिकल्सका लागि नेपाल भारतमा पूर्ण रुपमा निर्भर रहेको भन्दै उसले प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) बीच बुधबार भएको भिडियो कन्फ्रेन्सले कोरोनाको उपचारमा प्रयोग हुने पारासिटामोल र हाइड्रोक्सीक्लोरोक्वीन (एचसीक्यु)को निर्यातमा गरिएको प्रतिबन्ध खुलुको बनाउने निर्णय गरेको हो ।
यो सँगै अब भारतले हाइड्रोक्सीक्लोरोक्वीन (एचसीक्यु) र अन्य औषधि नेपालमा आपूर्ति गर्ने भएको छ । नेपाल सहित भुटान र बंगलादेशमा लगाएको प्रतिबन्ध पनि भारतले हटाएको छ
सार्कका एक अधिकारीले भने, ‘हामी ती देश जो विशेष गरी नेपाल र भुटानलाई मद्दत गर्छांै, जो कयौं उत्पादनका लागि हामीमा निर्भर छन्।’
कोरोनाको जोखिम बढ्दै गएपछि नेपाल सहित अन्य देशमा हुने औषधिको निर्यातमा भारतले प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध हटाउन नेपाल सरकारले भारतलाई आग्रह समेत गरेको थियो । नेपाल अहिले ती ३० देशमध्ये पर्छन्, जो भारतले लगाएको प्रतिबन्ध हटाउन पटक पटक आग्रह गरेका थिए ।
उक्त भिडियो कन्फ्रेन्समा भारत सहित अफगानिस्तान, बंगलादेश, भुटान, नेपाल, पाकिस्तान, श्रीलंका र माल्दिभ्स सहभागी थिए । पाकिस्तान कन्फ्रेन्समा उपस्थित थिएन ।
मलेरिया र घुँडाको दुखाईमा प्रयोग हुने औषधि सबैभन्दा धेरै उत्पादन गर्नेमध्ये भारत एक हो । भारतले वर्षेनी ५० मिलियन डलर बराबरको औषधि निर्यात गर्दै आएको छ ।
भारतले कोरोनाको महामारी नियन्त्रणका लागि प्रयोग हुने विभिन्न औषधि र कच्चा पदार्थको निर्यातमा पनि केही सहज बनाएको छ । विशेषगरी एचसीक्यु र पारासिटामोलमा भारत खुकुलो भएको हो ।
अन्य देशको आपूर्ति भने भारतले आफ्नो आवश्यकता अनुसार तय गर्नेछ । यसको लागि भारतको विदेश मन्त्रालयले विभिन्न आग्रह माथि विचार गर्दै आफ्नो आपूर्ति र आवश्यकताको आधारमा निर्णय बताइएको छ ।