काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गर्न सहीद गंगालाल हृदय केन्द्रमा पुगेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली नियमित स्वास्थ्य उपचारका लागि गंगालाल गएको जानकारी दिए।
उनले भने ‘प्रधानमन्त्री गंगालाल अस्पतालमा अत्यावश्यक स्वास्थ्य परीक्षण गरी फर्किसक्नुभएको छ।’
अस्पतालका अनुसार प्रधानमन्त्रीको मुटुको आवश्यक परीक्षण गरिएको छ।