काठमाडौं - बुधबार साँझसम्म देशभर संक्रमितको १७ हजार १ सय ७७ पुगेको छ। गत २४ घण्टामा मात्र १ सय १६ नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२६ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
हालसम्म २९ वटा जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै संक्रमितको संख्या रौतहटमा छ। रौतहटमा मात्रै १ हजार ४ सय ८३ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।
कैलालीमा ९२७, दैलेखमा ८२६, महोत्तरीमा ७८२, कपिलवस्तुमा ७६५, सर्लाहीमा ७०६, दाङमा ६५५, अछाममा ६४१, बाजुरामा ६१६, डोटीमा ५७८, धनुषामा ५६९, पाल्पामा ५६१, सुर्खेतमा ५३९, कञ्चनपुरमा ४४८, बाँकेमा ३८६, गुल्मीमा ३६० लगायत रहेका छन्।
१९ वटा जिल्लामा करीब २ सय जना संक्रमित छ भने २९ जिल्लामा ५० भन्दा कम संक्रमित रहेका छन्।
कुन जिल्लामा कति संक्रमित भेटिए?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १४८३
कैलाली – ९२७
दैलेख – ८२६
कपिलवस्तु – ७६५
महोत्तरी – ७८२
सर्लाही – ७०६
दाङ – ६५५
अछाम – ६४१
बाजुरा – ६१६
डोटी – ५७८
पाल्पा – ५६१
धनुषा – ५६९
कञ्चनपुर – ४४८
सुर्खेत – ५३९
रुपन्देही – ३२२
बाँके – ३८६
गुल्मी – ३६०
डडेल्धुरा – २८४
अर्घाखाँची – ३४२
झापा – ३०१
सप्तरी – ३३५
प्युठान – ३३१
बैतडी – २७६
नवलपरासी पूर्व – ३०४
सल्यान – २४८
सिरहा – २४२
काठमाडौं – २४४
स्याङजा – २०९
बागलुङ – २२३
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १७०
बर्दिया – १९८
मोरङ – १९४
बारा – १२९
धादिङ – १३८
सुनसरी – १०७
नवलपरासी पश्चिम – ११४
तनहुँ – १६६
उदयपुर – ८१
गोरखा – ११८
पर्वत – ९५
बझाङ – १६९
चितवन – ११३
कास्की – ८९
कालिकोट – ६१
सिन्धुपाल्चोक – ६५
लमजुङ – ७०
ललितपुर – ७६
रोल्पा – ५३
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४८
रामेछाप – ३५
मकवानपुर – ३१
दार्चुला – २०
नुवाकोट – २८
जाजरकोट – १७
सिन्धुली – २०
धनकुटा – १२
भक्तपुर – ४५
भोजपुर – ६
म्याग्दी – ३७
ताप्लेजुङ – १२
रुकुम पूर्व – ५
तेह्रथुम – ५
पाँचथर – ७
दोलखा – १०
संखुवासभा – ६
इलाम – २०
हुम्ला – २
मुगु – ७
डोल्पा – ५
रुकुम पश्चिम – ३३
सोलुखुम्बु – २
खोटाङ – १४
मनाङ – १
काभ्रेपलाञ्चोक – १९
मुस्ताङ – १
ओखलढुंगा – ७
रसुवा – ११