काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ। शनिबार साँझ फेसकुकमा स्टाटस लेख्दै मन्त्री भट्टराईले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
शुक्रबार हल्का ज्वरोको महसुस भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। उनको रिपोर्ट शनिबार साँझ आएको हो।
'शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महसुस भयो। आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भर्खरै जानकारी पाएको छु,' मन्त्री भट्टराईको स्टाटसमा लेखिएको छ।
गत सोमबार कोरोना परिक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिएका छन्। त्यसपछि काठमाडौंँ बाहिरका केही कार्यक्रममा उनी सहभागी भएका थिए।
अहिले उनलाई हल्का ज्वरो बाहेक अरु समस्या नदेखिएको बताएका छन्।