काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पुगेका छन्।
प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिव्या सिंह शाहले प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षण गरेर फर्किसकेको जानकारी दिइन्।
‘त्यस्तो कुनै समस्या छैन,’ उनले भनिन्, ‘नियमित जाँचका लागि आउनु भएको हो। जाँच गरेर फर्किसक्नु भएको छ।’ उनले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको बताइन्।
मनमोहन कार्डियोथोरासिक भास्कुलत एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा उनको इसिजी गरिएको थियो। अस्पातलमा उनी करिब १५ मिनेट जति बसेका थिए।
अघिल्लो महिना स्वास्थ्यमा समस्या आएपछि उनी पाँच दिन शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलत एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना भएका थिए। पाँच दिनको उपचारपछि उनी डिस्चार्ज भएका थिए।