काठमाडौं– चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले शनिबार लिएको स्नाकोत्तर (पीजी) प्रवेश परीक्षाको नतीजा आइतबार साँझसम्म प्रकाशित हुने बताइएको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन प्राडा जगदीशप्रसाद अग्रवालले आज साँझसम्म नजिता आउने जानकारी दिए ।
पीजी अध्ययनका लागि एमडिएमएस, नर्सलगायतको विषयकाे प्रवेश परीक्षा भएको हो । ४ हजार ५०० विद्यार्थीले पीजी अध्ययनका लागि आइओएमले तोकेका ४ परीक्षा केन्द्रबाट प्रवेश परीक्षा दिएका छन् ।