काठमाडौं- पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोष्ट ग्राजुयट तह (पिजी)मा विद्यार्थी भर्नाका लागि सिट पाएका छन्। नेपाल मेडिकल काउन्सिलको आज बसेको बैठकले दुबै प्रतिष्ठानलाई पिजी सिट दिने निर्णय गरेको हो।
काउन्सिल स्रोतका अनुसार कर्णालीलाई एमडी इन जनरल प्राक्टिस (एमडिजिपी) र पोखरालाई गाइनो अब्सटेटिभ्स, अर्थोपेडिक, सर्जरी, एनेस्थेसियोलोजी र मेडिसिनमा एमडी कार्यक्रम चलाउन सिट दिइएको हो। तर सिट संख्या भने अझै गोप्य राखिएको छ। काउन्सिलको निर्णय २४ घण्टापछि म्याचुअर्ड हुने भन्दै सिट संख्या गोप्य राखिएको हो।
स्रोतका अनुसार कर्णालीले एमडिजीपीका लागि ३ सिट पाएको छ। पोखराको भने कर्णालीभन्दा बढी सिट रहेको बताइएको छ।