काठमाडौं– सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को एमबिबिए, बिडिएस, नर्सिङ लगायत स्नातक तहको प्रवेश परीक्षा रोक्न यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ।
अदालतबाट अन्तरिम आदेश खारेज भएसँगै आइओएमलाई प्रवेश परीक्षा लिन बाटो खुलेको छ। अब आइओएमले परीक्षाको नयाँ मिति तोकेर सोही अनुसार परीक्षा सञ्चालन गर्न सक्नेछ।
प्रवेश परीक्षाका विषयमा सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो। अदालतमा आज भएको सुनुवाईपछि न्यायाधिशद्वय इश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले अन्तरिम खारेज गरेका हुन्।
सर्वोच्चले २० गते शुक्रबार आइओएम र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवेश परीक्षा रोक्न अन्तरिम आदेश दिएको थियो। सर्वोच्चको उक्त आदेशसँगै आइओएमको २१, २२, २३ र २४ गतेलाई तय भएको परीक्षा रोकिएको हो।