काठमाडौं- कोरोना भाइरसको संक्रमणको प्रयोगशाला परीक्षणका क्रममा एक जना व्यक्तिको ४ वटा स्थानमा फरक फरक रिपोर्ट आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षण गर्दा चार अस्पतालमा फरक फरक रिपोर्ट आएको विषयमा छानबिन अगाडि बढाएको छ।
मन्त्रालयका अनुसार मेडिसिटी अस्पताल, ग्रान्डी अस्पताल, नेशनल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एकै व्यक्तिको फरक फरक रिपोर्ट आएको हो।
मन्त्रालयले यो विषयमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसचालन केन्द्रलाई जिम्मा दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पिसिआरको रिपोर्ट फरक आएकोबारे जाँचपड्ताल भइरहेको जानकारी दिएका हुन्।
उनले मन्त्रालयमा भदौ २७ र २८ गते चार अस्पतालमा जाँच गर्दा फरकफरक रिपोर्ट आएको गुनासो आएको जानकारी दिए।
यस्तो छ मन्त्रालयको निर्णय :