काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे चौँथो सभा बैठक (सिनेट बैठक) सम्पन्न भएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सिनेट बैठकले हालसम्मका प्रगतिबारेमा छलफल गरी विश्वविद्यालयको बजेट पारित गरेको हो।
प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सभाका सदस्य-सचिव एवम् डिन प्राडा नरेन्द्र विक्रम गुरूङले बैठकको एजेन्डा तथा बजेट प्रस्तुत गरेका थिए।
बैठकलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति ओलीले प्राज्ञिक उन्नयनमा विश्वविद्यालयले गरेको योगदानको चर्चा गरेका थिए।
विश्वविद्यालयका सहकुलपति एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, उपकुलपति प्राडा बुद्धिबहादुर थापा, डिन गुरूङ तथा सदस्यहरु पनि सभामा उपस्थित थिए।