काठमाडौं - नेपाल डेण्टल एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन सुरु भएको छ। निर्वाचन अन्तर्गत शनिबार काठमाडौं उपत्यका बाहिर शाखा कार्यालयमा चुनाव भइरहेको छ।
काठमाडौं उपत्यका बाहिर झापा, मोरङ, सुनसरी, जनकपुर, पर्सा, कास्की, चितवन, रुपन्देही, बाँके र कैलाली गरी १० वटा जिल्लामा चुनाव भइरहेको एसोसिएसनले जनाएको छ। काठमाडौं उपत्यकामा भने चैत २८ गते चुनाव हुँदैछ।
अध्यक्ष पदका लागि डा सुभित मास्के र डा कुम्भराज जोशी चुनावी मैदानमा छन्। एसोसिएसनको चुनाव हाल अध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि मात्र हुँदैछ। उपाध्यक्ष, सह-सचिव र सदस्यहरुमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। उपाध्यक्षमा डा अजय कुमार शाह निर्वाचित भइसकेका छन् भने महासचिवका लागि डा जोन गुरुङ र डा गालव अधिकारी मैदानमा छन्।
यस्तै, कोषाध्यक्ष पदका लागि डा निस्चल कुँवर र डा चेतन बस्नेत प्रतिस्पर्धामा छन्। सहसचिवमा डा विश्व प्रकाश ठाकुर र सदस्यहरुमा डा लोकेस वर्मा, डा हरी प्रसाद वली, डा खिलासा पोखरेल र डा अच्युत भट्ट निर्वाचित भइसकेका छन्।
उपत्यका बाहिर बिहान ९ बजेदेखि सुरु भएको चुनाव दिउँसो ४ बजेसम्म चल्ने एसोसिएसनले जनाएको छ।