काठमाडौं– पर्सामा बिहीबार राति तीन जना कोरोना संक्रमितको मृत्यु् भएको छ। तीनै जनाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।
वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–३ की ४७ वर्षीया महिला, वडा नम्बर १६ नगवाकी ४८ वर्षीया महिला र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ का ७७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोसन दासले जानकारी दिए।
योसहित पर्सामा पछिल्लो पाँच दिनमा ५ नारायणी अस्पतालमा उपचाररत १५ कोरोना संक्रमितको मृत्यु भइसकेको छ।