काठमाडौं– कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ। अब निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या ५ मात्रै छ।
मन्त्रिपरिषद बैठकको निर्णयानुसार अहिले कोरोना भाइरस संक्रमणको जोखिम मूल्याङ्कन गरी प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले जिल्लाभरी वा निश्चित क्षेत्रमा लागू हुने गरी निषेधाज्ञा जारी गर्न सक्छन्।
मन्त्रिपरिषदको केही दिन अगाडि बसेको बैठकले तराईं–मधेस तथा उपत्यकाका जिल्लामा ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित पुगे सीडीओले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषदको सोही निर्णयानुसार मंगलबार साँझसम्म देशभरका ६३ जिल्लामा निषेधाज्ञाको घोषणा भएको छ। निषेधाज्ञा घोषणा गरिएका केही जिल्लामा जिल्लाभर लागू हुने भनिएको छ भने केही जिल्लामा संक्रमणको जोखिम बढी भएको निश्चित क्षेत्रमा लागू हुने भनिएको छ।
निषेधाज्ञा घोषणा गरिएका ७२ जिल्लामध्ये ६५ जिल्लामा पूर्ण (जिल्लाभर) र ७ जिल्लामा आंशिक (संक्रमित बढी भएको क्षेत्रमा) मात्रै लागू गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।
मंगलबारसम्म बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रे, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु र रामेछाप जिल्लामा निषेधाज्ञा घोषणा गरिएको छ।
यस्तै, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नलवपरासी (पूर्व), रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, नवलपरासी (पश्चिम), इलाम, दोलखा, सिन्धुपाल्चोक, धनकुटा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, सप्तरी, ओखलढुंगा, रसुवा, पाँचथर, सोलुखुम्बु, लमजुङ र भोजपुर जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको छ।
निषेधाज्ञा घोषणा गरिएकामध्ये ७ जिल्ला काभ्रे, मकवानपुर, रामेछाप, ताप्लेजुङ, सिन्धुपाल्चोक, धनकुटा र सप्तरीमा संक्रमित बढी देखिएका ठाउँमा मात्रै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ।
मंगलबारसम्म ७० जिल्लामा निषेधाज्ञा लागू भइसकेकोमा लमजुङमा मंगलबार राति १२ बजेदेखि र भोजपुरमा बुधबार राति १२ बजेदेखि लागू हुने गृह मन्त्रालयले जानकरी दिएको छ।
हेर्नुहोस्, कुन जिल्लाका कुन ठाउँमा कहिलेदेखि कहिलेसम्मका लागि जारी गरिएको छ निषेधाज्ञा–