काठमाडौं- सरकारले क्यान्सर रोगको उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले क्यान्सर रोग अध्ययन उपचार र नियन्त्रण गर्न भक्तपुरको क्यान्सर अस्पताल, विपी कोइराला क्यान्सर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई अध्ययन संस्थान मातहतमा संचालन गरिने बताए।