काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन महाशाखामा सहसचिव इनद्रमणि पोखरेल आउने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव पोखरेललाई स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय गरेको हो।
उर्जा जलस्रोत तथा सिचाईं मन्त्रालयमा कार्यरत सहसचिव पोखरेललाई काजमा स्वास्थ्य मन्त्रालय पठाउने निर्णय भएको सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
पोखरेल यसअघि पनि स्वास्थ्य मन्त्रालयमा काम गरिसकेका छन्।
मन्त्रालयमा प्रशासन महाशाखा रिक्त छ। दामोदर रेग्मी सचिवमा बढुवा भएपछि उक्त स्थान रिक्त भएको हो।
सहसचिव पोखरेलले स्वास्थ्यमा पठाउने निर्णय भएको जानकारी पाएको बताए।
'स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय भएको जानकारी पाएको छु', उनले भने, 'अब औपचारिक रुपमा पत्र लिएपछि स्वास्थ्य मन्त्रालयमा जाने छु।'