मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज १४, २०८३
Thu, Oct 01, 2026
बुधबार, असोज १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बाजुरामा रेबिजविरुद्धको खोप अभाव
रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए।
सोमबार, वैशाख १७, २०८१
पार्किन्सन तथा अल्जाइमरबाट पीडित फिल्म 'माइतीघर'का नायक लोहनीको मृत्यु
सिपी लोहनीको नामले चर्चित उनको पूरा नाम चिदाम्बरम प्रसाद हो। अभिनेतासँगै गायकसमेत रहेका सिपीको 'माइतीघर' सिनेमामा काम गर्दैगर्दा आफ्नो समयकी चर्चित एवं सफल बलिउड अभिनेत्री माला सिन्हासँग प्रेम बसेपछि विवाह गरेका थिए।
सोमबार, वैशाख १७, २०८१
पोखरामा जन्मप्रदत्त एवं रोग प्रतिरक्षाको कमीसम्बन्धी सचेतनामूलक कार्यक्रम
नेपाल प्यासेन्ट इनिसिएटिभ फर प्राइमरी इम्युनोडिफिसिएन्सिज एन्ड इनबर्न एरर्स नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा इम्युनोलोजिस्ट डा धर्मागत भट्टराईले सहजीकरण गरेका थिए। नेपालमा रोग प्रतिरक्षा शक्तिको कमी भएका बिरामीको पहिचान नै हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै डा भट्टराईले नेपाल सरकारले यससम्बन्धी चासो बढाउनुपर्नेमा जोड दिए।
सोमबार, वैशाख १७, २०८१
धौलागिरि अस्पतालका मेसुमाथि हातपातको प्रयास गर्ने श्रेष्ठ प्रहरी नियन्त्रणमा
बागलुङस्थित धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा रवि रञ्जन प्रधानमाथी हातपातको प्रयास गर्ने अस्पताल व्यवस्थापन समितिका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार, वैशाख १७, २०८१
राप्ती प्रतिष्ठान अत्याधुनिक प्रविधिमार्फत क्यान्सर परीक्षण
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो संख्यामा क्यान्सर परीक्षण गरिएको छ। प्रतिष्ठानमा अत्याधुनिक प्रविधिको माध्यमबाट क्यान्सर परीक्षण गर्न सुरु गरिएको छ।
सोमबार, वैशाख १७, २०८१
एच ५ एन १ भाइरस भेटिएपछि गाईको दूध पनि असुरक्षित !
धेरैले गाईको दूध पिउने गर्छन्। पौष्टिक तत्वले भरिपूर्ण भएकाले यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ तर हालै विश्व स्वास्थ्य सङ्गठनले गाईको दुधलाई लिएर चेतावनी दिएको छ । काँचो गाईको दूधमा एच ५ एन १ बर्डफ्लु भाइरसको स्ट्रेन पाइने स्वास्थ्य संस्थाले जनाएको छ।
सोमबार, वैशाख १७, २०८१
चितवन फर्टिलिटी सेन्टर सातौं वर्षमा
२०७४ सालदेखि चितवन तथा आसपासका बिरामीहरुलाई निरन्तर सेवा दिँदै आएको यस केन्द्रले अहिलेसम्म ४५० भन्दाबढी निसन्तान दम्पतीहरुलाई सन्तान सुखको अवसर प्रदान गरिएको डा हेम सुवेदीले बताए।
आइतबार, वैशाख १६, २०८१
मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै
आइतबार, वैशाख १६, २०८१
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
आइतबार, वैशाख १६, २०८१
अशक्त र गरिब नागरिकलाई सिफारिसका आधारमा काठमाडौं महानगरले निःशुल्क उपचार दिने
महानगरपालिका क्षेत्रभित्रका सबै प्रकारका अस्पतालमा लक्षित वर्गले सिफारिसका आधारमा निःशुल्क उपचार सेवा पाउनेछन्। उपचार उपलब्ध गराउन महानगरपालिकाभित्रका ५२ अस्पतालका तीन सय ७४ श्यया उपलब्ध छन्।
आइतबार, वैशाख १६, २०८१
लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध
आजदेखि आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।
आइतबार, वैशाख १६, २०८१
बिरामी किन रिसाउँछन् त?
यस्तो व्यवहारले अस्पतालमा कार्यरत कर्मचारी असर गर्नु र नराम्रो लाग्नु स्वाभाविक नै गल्ती पनि सुन्न चाहदैन। त्यसबेला कर्मचारी बिरामीको गुनासो सुन्ने वातावरण मिलाउनु नै सबैभन्दा सहज उपाय देखिन्छ। सुस्ताएर नम्र स्वरमा बिरामीको क्रोधको कारण सुनिदिनु नै बुद्धिमानी मानिन्छ।
आइतबार, वैशाख १६, २०८१
आजदेखि लगानी सम्मेलन सुरु हुँदै, स्वास्थ्यका दुई परियोजना प्रस्तुत गरिने
शान्तिका प्रतिक गौतम बुद्ध जन्मेको ठाउँमा सन्तान जन्माउने अवसर उक्त अस्पतालले दिने भनिएको छ । अस्पतालमा प्रसूति तथा स्त्रीरोग, बालारोग, आइभीएफ, कार्डियोलोजी, न्युरोलोजी, पल्मानोलोजी, अर्थोपेडिक्स, युरोलोजी, प्याथोलोजी, रेनल साइन्सेज, साइकोथेरापी, इमर्जेन्सी ट्रमा सेन्टर रहने बताइएको छ।
आइतबार, वैशाख १६, २०८१
यी सात जिल्लाका ५० लाख ७८ हजारलाई आजबाट हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
आइतबार, वैशाख १६, २०८१
डा भोला रिजालको अध्यक्षतामा फर्टिलिटी सोसाइटी अफ नेपालको नयाँ कार्यसमिति
फर्टिलिटी सोसाईटी अफ नेपाल (एफईएसओएन)मा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
आइतबार, वैशाख १६, २०८१
गर्मीको साथी सातु सर्वत
शरिरमा रहेको अनावश्यक बिकार(टक्सिन) निस्कासन गर्न पनि सातु सर्वतले राम्रो भुमिका खेलेको हुन्छ। बिहानको खाली पेटमा सातु सर्वत सेवन गरेर ब्यायाम या काममा निस्कदा तत्काल शक्ति प्रदान हुन्छ। जौको सातु सर्वत त झन् मस्तिष्कका लागि अमृत सरह नै मानिएको छ। जिम गर्नेहरुका लागि ऊर्जा दिन पनि सातु सर्वत उपयोगी मानिन्छ।
आइतबार, वैशाख १६, २०८१
दक्षिण एसियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा ‘मुखको क्यान्सर’
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा सतीश देवले काउन्सिलले क्यान्सरपीडित बिरामीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र त्यस कार्यमा यस्ता अन्तर्राष्ट्रिय गोष्ठीमा व्यक्त तथ्य र तथ्याङ्कले थप रणनीति बनाएर काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
शनिबार, वैशाख १५, २०८१
कोशी प्रदेशः वैशाखमै अचाक्ली गर्मी, जनजीवन प्रभावित, अस्पतालमा बिरामीको चाप
कोशी प्रदेशका तराईका जिल्लामा पछिल्लो दुई साता यता अत्याधिक गर्मीका कारण दिउँसोको समयमा घरबाहिर निस्कन कठिन भएको छ।
शनिबार, वैशाख १५, २०८१
संयुक्त राष्ट्र प्रमुखद्वारा स्वच्छ ऊर्जाका लागि निष्पक्ष खनिज स्रोत सुनिश्चित गर्न पहल
उक्त पहल पहिलो पटक दुबईमा कोप–२८ जलवायु शिखर सम्मेलनमा घोषणा गरिएको र सेप्टेम्बरमा उच्चस्तरीय संयुक्त राष्ट्र महासभा सप्ताहअघि आफ्नो प्रारम्भिक सिफारिसहरू प्रस्तुत गर्न तयार रहेको छ । कोप–२८ भनेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्क कन्भेन्सनको पक्षहरूको सम्मेलनको २८ औँ बैठक हो ।
शनिबार, वैशाख १५, २०८१
रामेछापको मन्थलीमा पशु वधशाला व्यवस्थित नहुँदा उपभोक्ता अस्वस्थकर मासु उपभोग गर्न बाध्य
मासु व्यापारीले तामाकोसी नदी किनारमा पशु वध गर्ने गरेका छन् । मासुमा बालुवा, माटो टाँसिएर खानयोग्य नहुने, वध गर्नासाथ चिसो ठाउँमा राख्न नपाइने समस्या छ । नदी किनारलाई वधशालाका रुपमा प्रयोग गर्दा मन्थली विमानस्थलमा उड्ने विमानमा काग र गिद्ध ठोक्किने जोखिम बढेको छ।
शनिबार, वैशाख १५, २०८१
१४ तस्बिरमा हेरौं दुई दिने रेडियोलोजी कन्फ्रेन्स 'रेडकन २०२४'
रेडियोलोजीका क्षेत्रमा आउने अवरोधहरु र भविष्यको बाटो भन्ने नारासहित कन्फ्रेन्समा रेडियोलोजीका क्षेत्रमा देखिएका नयाँ प्रविधि र चुनौतीका विषयमा छलफल भइरहेको छ। एसोसिएसनको आयोजनामा भएको यो छैटौं कन्फ्रेन्स हो।
शनिबार, वैशाख १५, २०८१
तौल घटाउन जान्नै पर्ने २१ कुरा
जति बढी हिड्नुहुन्छ, उति बढी तपाईंको क्यालोरी खर्च हुन्छ। लिफ्टको ठाँउमा सिढीको प्रयोग गर्नुहोस्, वरिपरीका ठाउँमा पैदलै हिड्नुहोस्, अन्यत्र सम्भव नभएपनि कमसेकम दिनको एकदुईपटक छतको चक्कर मार्नुहोस्।
शनिबार, वैशाख १५, २०८१
खोटाङमा भेटिए ६० जना क्षयरोगी
सरकारको राष्ट्रिय अभियान सफल बनाउन जिल्लाका दशवटै स्थानीय तह तथा ७९ वटै वडामा समिति गठन गरेर कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य प्रमुख चम्लागाईले बताए। स्थानीय तहमा पालिका प्रमुख तथा वडामा वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरेर क्रियाकलाप गरिने जनाइएको छ ।
शनिबार, वैशाख १५, २०८१
सन् २०२५ सम्म जलवायु कार्यका लागि सामाजिक अगुवालाई परिचालन गरिने संयुक्त राष्ट्रको घोषणा
गुटेरेसले हालैको चरम मौसमी घटना र वैज्ञानिक प्रतिवेदनहरूलाई उद्धृत गर्दै चेतावनी दिनुभयो, 'हामीले जे देखिरहेका छौँ त्यो विपत्तिको पूर्वावलोकन मात्र हो, हामीले विश्वव्यापी तापक्रममा दीर्घकालीन वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित नगरेसम्म यसले प्रतीक्षा गरिरहने छ।'
शनिबार, वैशाख १५, २०८१
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण
अब्स्ट्रक्टिभ स्लिप एप्निया भए/नभएको पत्ता लगाउन 'एप्निया हाइपोनिया इन्डेक्स' (एएचआई) जाँच गर्नुपर्ने हुन्छ । एक घन्टामा शासको नली कतिचोटि कोल्याप्स भयो भनेर नाप्ने विधिलाई एएचआई भनिन्छ। सामान्यतया ५ देखि १५ पटकसम्म शासनली कोल्याप्स हुनुलाई मन्द, १५ देखि ३० सम्मलाई मध्यम र ३० भन्दा बढीलाई कडा प्रकृतिको समस्याका रुपमा लिइन्छ।
शनिबार, वैशाख १५, २०८१
पुरुषलाई दुःख दिने प्रोस्टेट बढ्नुका कारण र उपचार
प्रोस्टेटको सर्जरी गर्दा कहिलेकाहीँ विर्य बाहिर ननिस्कने अवस्था आउन सक्छ । तसर्थ, बच्चाको चाहना पूरा भएकाहरु सर्जरी गरेर यो समस्याबाट छिटो उम्किन सक्छन् । बच्चाको चाहना छ भने चाहिँ औषधि सेवनबाट यसको समस्यालाई कम गर्न सकिन्छ।
शनिबार, वैशाख १५, २०८१
नेपाल र चीनबीच बिपी क्यान्सर अस्पताल चितवनमा बोनम्यारो प्रत्यारोपण केन्द्र बनाउने सम्झौतामा हस्ताक्षर
प्रधानमन्त्री पुष्पकमल दाहालको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए अनुरुप नै स्वास्थ्य मन्त्रालय र चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीबीच सम्झौता भएको छ।
शुक्रबार, वैशाख १४, २०८१
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
खोपको प्रयास अहिले पनि प्रारम्भिक चरणमा छ । क्यामरुन यस वर्ष बालबालिकालाई नियमितरूपमा मलेरियाको नयाँ खोप दिने पहिलो मुलुक बन्यो । यहाँ यो ३० प्रतिशतमात्र प्रभावकारी छ र प्रसारणलाई यसले रोक्न सक्तैन । दोस्रो खोपलाई हालै मञ्जुरी दिइएको थियो ।
शुक्रबार, वैशाख १४, २०८१
कोका-कोला कम्पनी ब्रान्डेड प्लास्टिक प्रदूषणको सबैभन्दा ठूलो उत्पादक
चौरासी देशमा फैलिएको पाँच वर्षको प्लास्टिक फोहोर अवलोकन कार्यक्रमको तथ्याङ्कमा आधारित अनुसन्धानमा सबै ब्रान्डेड प्लास्टिक प्रदूषणको आधाभन्दा बढीका लागि ५६ कम्पनी र १३ कम्पनी प्रत्येक एक प्रतिशतभन्दा बढीका लागि जिम्मेवार रहेको पाइएको छ।
शुक्रबार, वैशाख १४, २०८१
गर्मी बढेपछि चितवन आयुर्वेद चिकित्सालयले बिहान ८ बजेदेखि सेवा दिने
चिकित्सालयकी प्रमुख डा कोपिला अधिकारीका अनुसार बिहान ८ बजेदेखि नै ओपिडी, प्रयोगशाला, आयुर्वेद थेरापी, अकुपन्चर, फिजियोथेरापी, फार्मेसी लगायतका सेवा सुरु हुने छन्।
शुक्रबार, वैशाख १४, २०८१
Previous
259
260
261
262
263
Next
सर्च गर्नुहोस्
×
Search