चितवन- चितवनस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आइतबारदेखि बिहान ८ बजेबाट सेवा सुरु गर्ने भएको छ।
चिकित्सालयले गर्मी मौसमका कारण सेवा बिहान सुरु गर्न लागेको जनाएको छ।
चिकित्सालयकी प्रमुख डा कोपिला अधिकारीका अनुसार बिहान ८ बजेदेखि नै ओपिडी, प्रयोगशाला, आयुर्वेद थेरापी, अकुपन्चर, फिजियोथेरापी, फार्मेसी लगायतका सेवा सुरु हुने छन्।