मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक ९, २०८३
Tue, Oct 27, 2026
सोमबार, कात्तिक ९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
१८+ हेल्थ : के हरेक दिन योनि स्राव हुनु सामान्य हो?
योनि स्रावको रङ, गन्ध, मात्रा वा बनावटमा अचानक परिवर्तन देखिएमा ध्यान दिनुपर्छ। स्राव पहेँलो, हरियो वा खरानी रङको हुनु, दुर्गन्ध आउनु, योनि चिलाउनु वा पोल्नु, पिसाब गर्दा दुख्नु अथवा तल्लो पेट दुख्नु संक्रमण वा अन्य स्वास्थ्य समस्याका सङ्केत हुन सक्छन्। यस्तो अवस्थामा स्वास्थ्यकर्मीसँग परामर्श लिनु उचित हुन्छ। स्रावको स्वरूपका आधारमा मात्रै संक्रमण भएको निष्कर्ष निकाल्न भने सकिँदैन।
३ घण्टा अगाडि
निजामती सेवामा ३०–५५ को प्रावधान लागू गर्न अध्यादेशको तयारी, स्वास्थ्य सेवाका कर्मचारी तत्काललाई सुरक्षित
स्वास्थ्य सेवामा प्राविधिक जनशक्तिको महत्त्व र उमेर तथा सेवा अवधिका आधारमा कर्मचारीलाई अवकाश दिँदा राज्यलाई ठूलो क्षति पुग्न सक्ने विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यसअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अवगत गराएको थियो।
६ घण्टा अगाडि
गण्डकी आयुर्वेद अस्पतालद्वारा जनचेतनामूलक भिडियो प्रतियोगिताको आह्वान
नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरण तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ।
८ घण्टा अगाडि
डा. गोविन्द केसीद्वारा माग पूरा गर्न दुई दिने अल्टिमेटम, नभए सत्याग्रह सुरु गर्ने
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सुशासनको माग गर्दै आएका प्रा.डा. गोविन्द केसीले आफ्ना मागहरू पूरा गर्न सरकारलाई दुई दिनको थप अल्टिमेटम दिएका छन्।
८ घण्टा अगाडि
स्वास्थ्य कार्यालय मलंगवा प्रमुखविहीन, २० कर्मचारीले साउनदेखिको तलब नपाएको गुनासो
गत असोज १९ गते कार्यालय प्रमुख रहेका नवलकिशोर झा ११औँ तहमा बढुवा भएर मधेश प्रदेश स्वास्थ्य निर्देशनालयमा गएपछि स्वास्थ्य कार्यालय मलंगवा प्रमुखविहीन बनेको हो। त्यसयता प्रदेश सरकारले कार्यालयको नेतृत्व सम्हाल्ने गरी कसैलाई पनि प्रमुख तोकेको छैन।
१३ घण्टा अगाडि
डब्लुएचओको क्षेत्रीय निर्देशकमा डा. संगीता मिश्रालाई अघि सार्ने सरकारको निर्णय
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. मिश्रालाई डब्लुएचओ सेरोको नेतृत्वमा पुर्याउन सरकारले सदस्य राष्ट्रहरूसँग समर्थन जुटाउने प्रयास गरिरहेको छ। डब्लुएचओले नयाँ क्षेत्रीय निर्देशक चयनका लागि औपचारिक कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ। आगामी अक्टोबर १२ मा मनोनयन आह्वान गरी जनवरी २४ मा निर्वाचन गर्ने तयारी भइरहेको छ। यस पदका लागि नेपालबाहेक भुटान, माल्दिभ्स र श्रीलंकाले पनि आ–आफ्ना उम्मेदवार अघि सार्ने तयारी गरिरहेका छन्।
१४ घण्टा अगाडि
यी नार्कोटिक तथा साइकोट्रोपिक औषधि जथाभावी बिक्री–वितरण गरे लागूऔषध कारोबारको मुद्दा लाग्न सक्छ
नार्कोटिक तथा साइकोट्रोपिक औषधिको अनियन्त्रित बिक्री–वितरण र प्रयोगलाई लिएर पछिल्लो समय प्रहरीले गरेका कारबाही चर्चामा छन्। एक साताभित्र पोखरामा फार्मेसी सञ्चालिका पक्राउ पर्नु तथा काठमाडौं र सुनसरीमा ट्रामाडोल चक्कीसहित व्यक्ति पक्राउ परेका घटनाले औषधि बिक्री–वितरणको नियमन र कानुनी व्यवस्थाबारे बहस सृजना छ।
१४ घण्टा अगाडि
एआईजडित उपकरणले अनुहारको तस्बिरबाट भन्न सक्छ - बिरामी कहिलेसम्म बाँच्छ?
अनुसन्धानकर्ताका अनुसार, यो उपकरण विभिन्न प्रकारका क्यान्सर भएका बिरामीमा परीक्षण गरिएको थियो। क्यान्सरको गम्भीरता र रोग फैलिएको अवस्थाले फरक पारे पनि अनुहारका विशेषताबाट बाँच्ने सम्भावना अनुमान गर्ने यसको क्षमताको अध्ययन गरिएको थियो। परीक्षणमा हड्डी वा मस्तिष्कसम्म क्यान्सर फैलिएका बिरामीसमेत समावेश थिए।
१५ घण्टा अगाडि
स्याउ के हो? स्याउ खानुका स्वास्थ्य लाभ, पोषण र सम्भावित प्रभाव
स्याउमा सोडियम, बोसो र कोलेस्ट्रोल हुँदैन। यसमा प्रोटिनको मात्रा पनि न्यून हुन्छ। तर यो फाइबर र केही मात्रामा भिटामिन सीको राम्रो स्रोत हो। बोक्रासहितको एउटा मध्यम आकारको स्याउमा करिब २५ ग्राम कार्बोहाइड्रेट, १९ ग्राम प्राकृतिक चिनी, ४ ग्राम फाइबर र ९५–१०० किलोक्यालोरी ऊर्जा पाइन्छ। यसमा विभिन्न लाभदायक वनस्पतिजन्य यौगिक पनि हुन्छन्। वास्तविक पोषण मात्रा स्याउको आकार र प्रजातिअनुसार फरक हुन सक्छ।
१९ घण्टा अगाडि
पुरुषमा पनि हुन्छ स्तन क्यान्सर, छातीमा गिर्खा देखिए बेवास्ता नगर्नुहोस्
हार्मोनको असन्तुलन: पुरुष शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन हार्मोनको सन्तुलनमा परिवर्तन आउँदा स्तन क्यान्सरको जोखिम बढ्न सक्छ। क्लाइनफेल्टर सिन्ड्रोम भएका पुरुषमा सामान्य पुरुषको तुलनामा जोखिम उल्लेख्य रूपमा बढी हुन्छ। यो अतिरिक्त एक्स क्रोमोजोम हुने आनुवंशिक अवस्था हो।
आइतबार, कात्तिक ८, २०८३
फार्मेसी सञ्चालिका अमिसा ढुङ्गानाको पक्राउबारे प्रहरीको यस्तो छ स्पष्टीकरण
प्रहरीले बरामद औषधिमध्ये लोराजेपाम र क्लोर्डायजेपोक्साइड लगायतका मनोद्विपक औषधि नेपाल राजपत्रमा प्रतिबन्धित लागूऔषधका रूपमा सूचीकृत रहेको जनाएको छ। त्यस्तै, प्रेगाबालिनसमेत सम्बन्धित विशेषज्ञ चिकित्सकको सिफारिस तथा निगरानीमा अस्पतालस्थित औषधि पसलबाट मात्र बिक्रीवितरण र प्रयोग गर्नुपर्ने व्यवस्था रहेको प्रहरीको भनाइ छ।
आइतबार, कात्तिक ८, २०८३
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
साँच्चै भन्नुपर्छ भने मलाई आजकल चाडबाड नआइदिए जस्तो पनि हुन्छ। आइदिए पनि आफ्नै घरको चार किल्लाभित्र मात्रै अटिदिए हुन्थ्यो जस्तो लाग्छ। यो इष्टमित्र, आफन्तहरूसम्म पुग्नुपर्ने चाडबाडहरूले नजानिँदो पाराले आफ्नो आत्मसम्मानको अपहरण नै गर्छ।
आइतबार, कात्तिक ८, २०८३
ढल्केबर पुगेर मन्त्री मेहताले भनिन्, 'ट्रमा सेन्टर बन्छ कि बन्दैन भन्ने अन्योलमा रहनुपर्दैन, टेन्डर प्रक्रिया अघि बढिसक्यो'
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको चर्चा लामो समयदेखि हुँदै आए पनि काम सुरु हुन नसक्दा स्थानीयवासीले आयोजना कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्दै आएका छन्। दुर्घटनाका घाइते तथा गम्भीर बिरामीलाई समयमै उपचार उपलब्ध गराउन ट्रमा सेन्टर आवश्यक रहेको स्थानीयको भनाइ छ।
आइतबार, कात्तिक ८, २०८३
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
जीवनभर पढेँ, मेहनत गरेँ, डिग्री थपेँ र करियरमा अघि बढ्ने प्रयास गरेँ। कहिले प्रेमको पछि, कहिले पैसाको पछि, कहिले पदको पछि त कहिले राजनीतिक शक्ति र प्रतिष्ठाको पछि दौडिएँ। त्यतिबेला तिनै कुरालाई ठूला उपलब्धि मानेँ। अस्पतालको शय्यामा पुगेपछि प्राथमिकताहरू बदलिन थाले। स्वस्थ शरीर, मनको शान्ति, परिवारको साथ, आफन्तको माया र अरूको जीवनमा केही सकारात्मक योगदान दिन सक्नु नै वास्तविक उपलब्धि रहेछ भन्ने बोध भयो।
आइतबार, कात्तिक ८, २०८३
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
पहिलो १०० दिनमा हासिल भएका उपलब्धिहरूलाई आधार बनाउँदै आगामी दिनमा अस्पतालको सेवा गुणस्तर सुधार, बिरामी मैत्री सेवा प्रवाह, जनशक्तिको प्रभावकारी व्यवस्थापन, चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन, डिजिटल स्वास्थ्य प्रणालीको विस्तार तथा संस्थागत सुशासनलाई थप प्राथमिकता दिइनेछ।
आइतबार, कात्तिक ८, २०८३
स्तन क्यान्सरः समयमै जाँचले फेर्छ यात्रा
बाहिरबाट हेर्दा मानिसले जे–जस्तो भने पनि ती बिरामीको बुझाइबारे टिप्पणी गर्ने अधिकार कसैसँग छैन। किनकि हामी त्यस्तो समाजमा बाँचेका छौँ, जहाँ रोगबारे पर्याप्त बुझाइ छैन। त्यसैगरी, हाम्रो स्वास्थ्य सेवामा पहुँचको अभावले पनि रोग पहिचान वा निदान हुँदासम्म उपचार कठिन भइसकेको हुन्छ। हामीलाई स्तन क्यान्सर महिलाको रोग होला भन्ने भान भए पनि याद रहोस्, स्तन क्यान्सर महिला र पुरुष दुवैमा हुन सक्छ।
आइतबार, कात्तिक ८, २०८३
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला?
वैज्ञानिकहरूले डीएनएमा हुने रासायनिक परिवर्तन, प्रोटिनको मात्रा तथा अन्य जैविक सूचकका आधारमा जैविक उमेर अनुमान गर्ने विधि विकास गरेका छन्। तर यी विधिका पनि सीमितता छन्। परीक्षणको नतिजा फरक पर्दैमा कुनै व्यक्तिको वास्तविक आयु कति बढ्छ वा घट्छ भन्ने निर्धारण गर्न सकिँदैन।
आइतबार, कात्तिक ८, २०८३
नेपाल नेत्ररोग समाजका पूर्वअध्यक्ष डा. शम्भू लाखेको निधन
नेपाल नेत्ररोग समाजले जारी गरेको शोक सन्देशअनुसार डा. लाखेले सन् २००४ देखि २००६ सम्म समाजको अध्यक्षका रूपमा नेतृत्व गरेका थिए। उनले नेपालको नेत्ररोग चिकित्सा क्षेत्रको विकास तथा आँखा उपचार सेवाको उन्नतिमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए।
आइतबार, कात्तिक ८, २०८३
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
रुबेला उन्मूलनको उपलब्धि नेपालको इतिहासमा गौरवपूर्ण अध्याय बनेको छ। तर इतिहासमा नाम लेखिनु र भविष्यको सुरक्षा सुनिश्चित हुनु फरक कुरा हुन्। आजको आवश्यकता विगतको सफलतामा रमाउनु मात्र होइन, त्यसलाई पुस्तौँसम्म टिकाइराख्ने आर्थिक र संस्थागत आधार निर्माण गर्नु हो। नेपालले खोपमा आत्मनिर्भर बन्न सक्छ, तर त्यसका लागि स्पष्ट वित्तीय योजना, पर्याप्त घरेलु लगानी, पारदर्शी खरिद प्रणाली, तथ्यमा आधारित निर्णय र दृढ राजनीतिक प्रतिबद्धता आवश्यक छ।
आइतबार, कात्तिक ८, २०८३
छालालाई तन्नेरी राख्न के खाने ?
गाजर, गोलभेँडा, रातो तथा पहेँलो खुर्सानी, आँप र अन्य रंगीन फलफूल तथा तरकारीमा क्यारोटिनोइड्सजस्ता एन्टिअक्सिडेन्ट पाइन्छन् । यस्ता तत्त्वले प्रदूषण र सूर्यको विकिरणका कारण कोषमा हुन सक्ने क्षति कम गर्न सहयोग गर्न सक्छन् ।
शनिबार, कात्तिक ७, २०८३
यस्तो छ मेडिकल प्रवेश परीक्षाको समयतालिका
मेडिकल प्रवेश परीक्षाको समयतालिका सार्वजनिक गरिएको छ। समयतालिकाअनुसार कार्तिक १४ गतेदेखि १८ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमका प्रवेश परीक्षा सञ्चालन हुनेछन्।
शनिबार, कात्तिक ७, २०८३
त्रिवि शिक्षण अस्पतालमा २४सै घण्टा मेकानिकल थ्रोम्बेक्टोमी सेवा, स्ट्रोकका बिरामीलाई नेपालमै उपचार
स्ट्रोकको उपचारमा समय अत्यन्त महत्त्वपूर्ण हुन्छ। अनुहार बाङ्गिनु, हातखुट्टा कमजोर हुनु वा शरीरको एक भाग नचल्नु, बोली अस्पष्ट हुनु अथवा बोल्न र बुझ्न कठिनाइ हुनु स्ट्रोकका प्रमुख लक्षण हुन्।
शनिबार, कात्तिक ७, २०८३
पोखरामा लागूऔषध कारोबार आरोपमा* फार्मेसी सञ्चालिका पक्राउ
शनिबार, कात्तिक ७, २०८३
दशैं तिहारको बीचमा हिमाली भेगतिर ट्रेक जाँदै हुनुहुन्छ? उचाइमा के गर्ने, के नगर्ने?
लेकबाट बच्न सबैभन्दा प्रचलित औषधि डायमक्स हो। तर यो सबै पदयात्रीलाई आवश्यक पर्दैन। बिस्तारै चढ्न नसकिने अवस्था (जस्तै गाडीमा सिधै उच्च ठाउँ पुग्ने) वा पहिले लेक लागेको इतिहास भएकाहरूका लागि बढी उपयोगी हुन्छ।
शनिबार, कात्तिक ७, २०८३
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
क्यान्सर भ्याक्सिनसँगै इम्युनोथेरापीले छालाको क्यान्सर फर्किने जोखिम ४२ प्रतिशत न्युन
अध्ययनमा सहभागी ७५ वर्षीय टोनी च्यापम्यानलाई सन् २०१९ मा मेलानोमा भएको पत्ता लागेको थियो। उनको छातीमा रहेको ट्युमर शल्यक्रियामार्फत निकालिएको थियो। तर पछि काखीमुनि गाँठो देखिएपछि क्यान्सर फेरि फर्किएको थाहा भयो र उनले दोस्रोपटक शल्यक्रिया गर्नुपर्यो।
शुक्रबार, कात्तिक ६, २०८३
मासु खाँदा घाँटीमा हड्डी अड्कियो? आफैँ निकाल्ने प्रयास नगर्नुहोस्, ज्यानै जोखिममा पर्न सक्छ"
हड्डी अड्किएपछि भातको ठूलो डल्लो, रोटी, केरा वा अन्य खानेकुरा निलेर हड्डी तल धकेल्ने घरेलु उपाय अपनाउने चलन छ। तर, यसले हड्डी अझ गहिरो धसाउन वा चोट बढाउन सक्छ। औँला, चिम्टा वा अन्य वस्तु घाँटीभित्र घुसाएर निकाल्ने प्रयास पनि गर्नु हुँदैन।
शुक्रबार, कात्तिक ६, २०८३
जनावरमा मात्रै भेटिने शामोन्डा भाइरस पहिलोपटक मानिसमा संक्रमण पुष्टि
फ्रान्सको स्वास्थ्य तथा कृषि मन्त्रालयका अनुसार संक्रमित व्यक्तिलाई पूर्वी फ्रान्समा किरा टोकेपछि भाइरस सरेको हुन सक्ने प्रारम्भिक अनुमान छ। उक्त क्षेत्रमा वसन्त ऋतुदेखि नै जनावरमा यो भाइरस देखिन थालेको थियो।
शुक्रबार, कात्तिक ६, २०८३
अत्यधिक गर्मीले समयअगावै बच्चा जन्मिने जोखिम २६ प्रतिशत बढ्ने : डब्लुएचओ
यसमा समयअगावै जन्मिने शिशुको सङ्ख्या, मृत शिशु जन्मिने घटना, कम तौल भएका शिशुको जन्म, गर्भावस्थामा उच्च रक्तचाप, बालबालिकाको मृत्यु र स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको सङ्ख्या समावेश छन्। गर्मीले बालबालिकाको दैनिक जीवनमा पार्ने असर बुझ्न विद्यालयमा विद्यार्थीको उपस्थितिसमेत निगरानी गर्न सुझाव दिइएको छ।
शुक्रबार, कात्तिक ६, २०८३
चाडबाडमा नवजात शिशुको हेरचाह कसरी गर्ने? ध्यान दिनुपर्ने १० कुरा
शिशुले दूध चुस्न नसक्ने, दूध खान छोड्ने, असामान्य रूपमा सुस्त हुने, सास फेर्न गाह्रो हुने, छाती भित्र धसिने वा झट्का आउने भए तुरुन्त स्वास्थ्य संस्थामा लैजानुपर्छ। ज्वरो आउने, शरीर असामान्य रूपमा चिसो हुने वा ओठ र जिब्रो निलो हुने अवस्थालाई पनि गम्भीर रूपमा लिनुपर्छ।
शुक्रबार, कात्तिक ६, २०८३
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
×
Search