काठमाडौं- एसोसिएट प्रोफेसर डा. पवन चालिसे र एसोसिएट प्रोफेसर डा. गोपाल सेढाईं त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको उपनिर्देशकमा नियुक्त भएका हुन्।
युरोलोजिस्ट डा. चालिसे र न्युरोलोजिस्ट डा. सेढाईंलाई आइतबार उपनिर्देशकको जिम्मेवारी दिइएको छ।
अस्पतालका अधिकारीहरूले दुवै चिकित्सकको नियुक्तिलाई स्वागत गर्दै उनीहरूले चिकित्सा सेवा, प्रशासनिक अनुभव तथा संस्थाप्रतिको दीर्घ प्रतिबद्धताबाट अस्पताललाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूको नेतृत्वले उपचार सेवा, चिकित्सकको दक्षता तथा सर्वपक्षीय समन्वय प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।