मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक ९, २०८३
Mon, Oct 26, 2026
सोमबार, कात्तिक ९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
‘पिंक अक्टोबर’ का अवसरमा रक्षा क्यान्सर केयर सोसाइटीद्वारा सचेतना र्याली
अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिना अर्थात् ‘पिंक अक्टोबर’ का रूपमा मनाइने सन्दर्भमा रक्षा क्यान्सर केयर सोसाइटीको आयोजनामा काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली सम्पन्न भएको छ। स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाउने र समयमै परीक्षणको महत्त्व बुझाउने उद्देश्यले आयोजित उक्त र्यालीमा विभिन्न सङ्घसंस्थाका करिब ७०० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
मानसिक स्वास्थ्य सेवाको सफलता अस्पतालमा कति मानिस पुगे भन्ने सङ्ख्याले मात्र मापन हुँदैन। व्यक्तिले समयमै सहयोग पायो कि पाएन, सम्मानपूर्वक व्यवहार भयो कि भएन, समुदायमा फर्केर पढ्न, काम गर्न र सम्बन्ध कायम राख्न सक्यो कि सकेन भन्ने प्रश्न उत्तिकै महत्त्वपूर्ण छन्।
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य समस्या: बुझाइ, चुनौती र रोकथामका उपाय
मानसिक रोगको एउटा प्रमुख कारण पारिवारिक झगडा, बेरोजगारी र प्राकृतिक प्रकोप पनि हो। बिरामी हुन नदिन र भएका बिरामीलाई छिटो निको पार्न परिवारका सदस्यको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। परिवारमा आइपर्ने जटिल समस्याहरू आपसी समझदारीमा समाधान गर्न सकिन्छ, त्यसैले त्यसको बोझ एक जनामा मात्र पर्न दिनु हुँदैन।
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
अध्ययनमा सहभागीमध्ये केवल १४.९ प्रतिशत स्वास्थ्यकर्मी आफ्नो कामप्रति सन्तुष्ट देखिए। उनीहरू सबै मध्यम रूपमा सन्तुष्ट थिए; उच्च सन्तुष्टि व्यक्त गर्ने स्वास्थ्यकर्मी कोही थिएनन्। त्यस्तै, ६९.४ प्रतिशत मध्यम रूपमा असन्तुष्ट र १५.८ प्रतिशत अत्याधिक असन्तुष्ट थिए। समग्रमा, स्वास्थ्यकर्मीको ठूलो बहुमतले आफ्नो कामप्रति असन्तुष्टि व्यक्त गरेको देखियो।
आइतबार, असोज २५, २०८३
कर्णालीका मुख्यमन्त्रीलाई मानसिक स्वास्थ्य स्वावलम्बन समूहको ८ बुँदे ध्यानाकर्षण पत्र
मानसिक स्वास्थ्य स्वावलम्बन समूहको प्रदेश सञ्जालको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गल बहादुर शाहीलाई भेटेर मानसिक स्वास्थ्य तथा मनोसामाजिक विषयमा ध्यानाकर्षण गराउँदै ८ बुँदे अनुरोधपत्र हस्तान्तरण गरेको छ।
आइतबार, असोज २५, २०८३
स्वास्थ्य सेवाको गुणस्तर र आधुनिक प्रविधिबारे छलफल गर्दै फ्रन्टलाइन हस्पिटलद्वारा 'सिएमई' कार्यक्रम आयोजना
स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, आधुनिक उपचार प्रविधिबारे चिकित्सकीय ज्ञान आदानप्रदान तथा सरोकारवालाहरूबीच सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले फ्रन्टलाइन हस्पिटलले ‘एक्सिलेन्स फोरम’ अन्तर्गत निरन्तर चिकित्सकीय शिक्षा (सिएमई) कार्यक्रम सम्पन्न गरेको छ।
आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : आरुघाट आधारभूत अस्पतालका बिरामी एम्बुलेन्सबाट अन्तै सारिए
गण्डकी गाउँपालिकाका स्वास्थ्यकर्मी नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्न खटिएका छन्। आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा पुर्याउन गाउँपालिकाका सवारीसाधन, एम्बुलेन्स, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका गाडी तथा स्थानीय युवा क्लबहरूले सहयोग गरिरहेका छन्।
आइतबार, असोज २५, २०८३
आयुर्वेदमा मानसिक स्वास्थ्यको महत्त्व
"शरीरमाद्यं खलु धर्मसाधनम्" (अर्थात्, सबै कर्तव्य, धर्म र जीवनका लक्ष्यहरू पूरा गर्ने पहिलो र मुख्य माध्यम यो शरीर नै हो ।हाड-छालाले बनेको यो भौतिक शरीर नै हाम्रो मन, बुद्धि र आत्माको आश्रयस्थल हो। विपद्, कठिन परिस्थिति वा क्षणिक निराशामा आत्तिएर आफ्नो जीवन टुङ्ग्याउने निर्णय गर्नु केवल एउटा व्यक्तिको अन्त्य मात्र होइन—त्यसले सिङ्गो परिवारको भरोसा, बाबुआमाको सपना र प्रियजनहरूको खुसी सधैँका लागि खोसेर लैजान्छ।
आइतबार, असोज २५, २०८३
नेपालमा पहिलोपटक स्वदेशमै उत्पादित कार–टी सेलबाट शिक्षण अस्पतालमा बिरामीको उपचार
सेलुलर थेरापीका अग्रणी व्यक्तित्व तथा लाइब्निज इन्स्टिच्युट फर इम्युनोथेरापीका प्रा. लुका गाटिनोनी र रेगेन्सबर्ग विश्वविद्यालय मेडिकल सेन्टरका प्रा. लियो हान्समानले क्लिनिकल व्यवस्थापनबारे सुझाव उपलब्ध गराएका थिए। नियामकीय विशेषज्ञता डा. दिलिप शर्माले दिएका थिए भने सेल उत्पादनदेखि चढाउने प्रक्रियासम्म लजिस्टिक्सको समन्वय वेदानन्द पराजुलीले गरेका थिए।
आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय
बाढीका कारण जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले बूढीगण्डकी नदी तथा अन्य जोखिममा रहेका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
‘उत्कृष्ट चिकित्सकीय सेवाबिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छैन। तर व्यावसायिक अस्पताल व्यवस्थापनबिना चिकित्सकीय उत्कृष्टतालाई दिगो र प्रभावकारी सेवामा रूपान्तरण गर्न पनि कठिन हुन्छ।’
आइतबार, असोज २५, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
सामान्य बोलचालमा ‘स्माइलिङ डिप्रेसन’ अर्थात् मुस्कानभित्र लुकेको अवसाद भनिन्छ। यो छुट्टै आधिकारिक चिकित्सकीय निदान भने होइन। यसले बाहिरबाट खुसी देखिए पनि भित्रभित्रै अवसादका लक्षणसँग संघर्ष गरिरहेको अवस्थालाई जनाउँछ।
शनिबार, असोज २४, २०८३
पाटन अस्पतालमा पहिलो पटक कोर्निया प्रत्यारोपण
कोर्नियामा गम्भीर क्षति पुगेर दृष्टि प्रभावित भएका बिरामीको उपचारमा प्रत्यारोपण महत्त्वपूर्ण विधि हो। यो सेवा सुरु गर्न सहयोग गरेको भन्दै अस्पतालको टोलीले नेपाल आई बैंक तथा आँखा दान गर्ने दाताप्रति आभार व्यक्त गरेको छ। दाताको आँखा दान गर्ने निर्णय र परिवारको सहयोगले दृष्टिसम्बन्धी समस्या भएका बिरामीको उपचारमा योगदान पुग्ने चिकित्सकहरूको भनाइ छ।
शनिबार, असोज २४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजय आचार्य
आचार्य दोस्रो पटक अस्पताल निर्देशक नियुक्त भएका हुन्। क्यान्सर अस्पताल सञ्चालक समितिको शुक्रबार बसेको बैठकले डा. आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
शनिबार, असोज २४, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
हाम्रो शारीरिक चोट आँखाले देखिन्छ। अरूले पनि थाहा पाउँछन्। त्यसैले त्यसलाई बुझ्न र उपचार गर्न तुलनात्मक रूपमा सजिलो हुन्छ। तर मनको चोट अदृश्य हुन्छ, जसलाई कसैले सजिलै देख्न सक्दैन। बाहिरबाट हेर्दा व्यक्ति हँसिलो र सामान्य देखिन सक्छ। उसलाई कुनै दुःख वा तनाव छैन जस्तो लाग्न सक्छ। तर भित्रभित्रै ऊ ठूलो मानसिक सङ्घर्षको भुमरीबाट गुज्रिरहेको हुन सक्छ।
शनिबार, असोज २४, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेकी छिन्। प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा उनले उक्त सेवाको शुभारम्भ गरेकी हुन्।
शुक्रबार, असोज २३, २०८३
अभिनेता विपिन कार्कीको आरोपमा मेडिसिटी अस्पतालको स्पष्टीकरण- भ्रम फैलाइयो
नेपाल मेडिसिटी हस्पिटलले उपचारका क्रममा एक बालिकामाथि खेलबाड गरिएको र लाखौँ रुपैयाँको बिल उठाइएको भन्ने दाबी सत्यहीन तथा निराधार रहेको स्पष्ट पारेको छ। हालै विभिन्न सञ्चार माध्यम तथा सार्वजनिक मञ्चहरूमा व्यक्त गरिएका अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण गराउँदै अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी यस्तो स्पष्टीकरण दिएको हो।
शुक्रबार, असोज २३, २०८३
आठौं बिनयतारा इन्टरनेसनल क्यान्सर कंग्रेस, १९ वटा विषयगत क्षेत्रमा केन्द्रित अनुसन्धान प्रस्तुत
कांग्रेसमा १९ वटा विषयगत क्षेत्रमा केन्द्रित अनुसन्धान प्रस्तुत गरिएका थिए। छनोट भएका अनुसन्धानमध्ये ४४ वटा पोस्टर र पाँच वटा ओरल प्रस्तुतिका लागि थिए। स्तन क्यान्सरसम्बन्धी अनुसन्धान सबैभन्दा बढी रहेको र करिब २० प्रतिशत एब्स्ट्र्याक्ट यसै विषयमा केन्द्रित रहेको सम्मेलनका कन्फ्रेन्स डाइरेक्टर डा. विनय शाहले बताए। टाउको तथा घाँटीको क्यान्सरसम्बन्धी अनुसन्धान करिब ११ प्रतिशत थिए।
शुक्रबार, असोज २३, २०८३
अनशनरत डिल्ली हरिजन र सरकारबीच तीन बुँदे सहमति
सहमतिअनुसार एमबीबीएस, बीडीएसलगायत एकवर्षे इन्टर्नसिपमा स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा चिकित्सा शिक्षा आयोगको बैठकमा पेस गरिनेछ। यस्तै अन्य मागहरुका विषयमा आयोगले काम अगाडि बढाइरहेको सम्बोधन हुने र अनसन अन्त्य गर्ने सहमति भएको छ।
शुक्रबार, असोज २३, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
हालसम्म उपलब्ध अनुसन्धानका आधारमा घुँडाको बाथका बिरामीले यो औषधि नियमित उपचारका रूपमा पाउने मिति निश्चित छैन। औषधिको मात्रा, प्रयोग गर्ने तरिका, सम्भावित दुष्प्रभाव, दीर्घकालीन सुरक्षा र मानिसमा कार्टिलेज वास्तवमै पुनः निर्माण हुन्छ कि हुँदैन भन्ने प्रश्नको उत्तर खोज्न थप परीक्षण गर्नुपर्छ।
शुक्रबार, असोज २३, २०८३
सर्पदंशका बिरामीको मृत्यु प्रकरण : जनकपुर अस्पतालका निर्देशक डा. सिंह मन्त्रालय तानिए
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अधिकृत दसौँ तहका वरिष्ठ कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. सिंहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कामकाज गर्ने गरी सरुवा गरेको हो। उनको स्थानमा मन्त्रालयमा कार्यरत दसौँ तहका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्रजीतकुमार रजकलाई अस्पतालमा काज सरुवा गरिएको छ।
शुक्रबार, असोज २३, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी, स्वास्थ्य क्षेत्रबाट को–को छन् मैदानमा ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। पार्टीको सभापतिदेखि महामन्त्री र केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष जोडिएका नेता, चिकित्सक तथा मेडिकल व्यवसायीहरू प्रतिस्पर्धामा छन्।
शुक्रबार, असोज २३, २०८३
गर्भावस्थामा उच्च रक्तचापबाट वर्षमा ४२ हजार महिलाको मृत्यु, नियन्त्रणका लागि डब्लूएचओको नयाँ योजना
डब्लूएचओका अनुसार विश्वभर गर्भावस्थाका अनुमानित १० देखि १५ प्रतिशतमा उच्च रक्तचापसम्बन्धी समस्या देखिन्छ। यस्ता समस्याले विश्वव्यापी मातृमृत्युको करिब १६ प्रतिशत हिस्सा ओगट्छन्। यसका कारण हरेक वर्ष ५ लाखभन्दा बढी मृत जन्म तथा नवजात शिशुको मृत्यु हुने गरेको छ।
शुक्रबार, असोज २३, २०८३
सर्पदंशबाट बिरामीको मृत्यु भएपछि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्पष्टीकरण
बिरामीमा सर्पदंशका लक्षण देखिन थालेपछि तत्काल १० भाइल एएसभी दिइएको र सुधार नभएपछि थप पाँच भाइल औषधि दिइएको अस्पतालले जनाएको छ। बिरामीलाई आईसीयूमा राख्नुपर्ने अवस्था देखिए पनि अस्पतालमा आईसीयू खाली नरहेकाले अभिभावकको अनुरोधमा बिहान करिब ४ः३० बजे आईसीयू भएको अर्को अस्पतालमा पठाइएको विज्ञप्तिमा उल्लेख छ।
शुक्रबार, असोज २३, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
एक त समाजमा यस्ता व्यक्ति र व्यक्तित्वहरूको हिस्सेदारी न्यून र प्रभावहीन अवस्थामा छ। अर्कोतर्फ, इमानदार व्यक्तित्वहरूको हिस्सेदारी उल्लेख्य भएका सामाजिक स्वरूपहरूमा समेत भ्रष्ट एवं व्यक्तिगत स्वार्थकेन्द्रित व्यक्तित्वहरूको प्रभाव र दबदबा कायम छ। नीति, नियम, कानुन र न्याय संयन्त्रहरू कि त भ्रष्टहरूको सहयोगीसिद्ध छन्, नत्र प्रभावहीन र प्रयोगहीन छन् अथवा जनसर्वसाधारणहरूको पहुँच र सुझबुझबाहिर छन्।
शुक्रबार, असोज २३, २०८३
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
गोसाईकुण्ड गाउँपालिका स्वास्थ्य शाखा आगामी दिनमा पनि उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन, अन्तरनिकाय समन्वय र सामूहिक प्रयासमार्फत “विपद्मा पनि स्वास्थ्य सेवा निरन्तर” भन्ने मूल उद्देश्यका साथ प्रभावित नागरिकको स्वास्थ्य सुरक्षाका लागि निरन्तर क्रियाशील रहनेछ।
शुक्रबार, असोज २३, २०८३
महिला डाक्टरहरूका लागि 'वित्तीय ज्ञान' कार्यक्रम सम्पन्न
कार्यक्रममा महिला डाक्टरहरूलाई वित्तीय ज्ञान, आर्थिक आत्मबल र भविष्यमा सही वित्तीय निर्णय लिन आवश्यक पर्ने व्यावहारिक सीपहरूको बारेमा विस्तृत जानकारी गराइएको थियो।
बिहीबार, असोज २२, २०८३
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
सेवा प्रदान गर्दा निःशुल्क सेवा तथा आवश्यक अतिरिक्त सेवासम्बन्धी विवरण सेवाग्राहीको भर्ना कागजातमा समेत उल्लेख गर्ने व्यवस्था गर्नुपर्छ। साथै स्वास्थ्य संस्थाको नागरिक वडापत्रमा सर्वसाधारणले सजिलै देख्न सक्ने गरी निःशुल्क सेवा, कार्यक्रमअन्तर्गतको सुविधा, आवश्यक कागजात तथा सम्भावित शुल्कसम्बन्धी स्पष्ट जानकारी राख्न आवश्यक छ।
बिहीबार, असोज २२, २०८३
नेशनल मेडिकल कलेजका विद्यार्थीको आन्दोलनबारे अध्यक्ष डा जैनुद्दीन अन्सारीको प्रस्टिकरण
विद्यार्थीहरूले काम नगर्ने र सातामा ४६ घण्टाभन्दा बढी काम नगर्ने भनिरहेकोप्रति उनले असन्तुष्टि जनाए। ‘हामीले शोषण गरेका छैनौँ। हप्तामा ४६ घण्टाभन्दा बढी हामी काम गराउँदैनौँ। तपाईंहरू पढ्न आउनुभएको हो। विश्वविद्यालयसँग हामीले लेखेर पठाइदिन्छौँ। विश्वविद्यालयले जे भन्छ, त्यहीअनुसार हामी गर्ने हो,’ उनले भने।
बिहीबार, असोज २२, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
उनीहरूले चिकित्सा शिक्षामा ‘गलत कुरा हुन नदिने’ सुधारको पहिलो चरण पूरा भएको भन्दै अब ‘सही कुरा हुन दिने’ नीतिको आवश्यकता रहेको बताएका छन्।
बिहीबार, असोज २२, २०८३
Previous
3
4
5
6
7
Next
सर्च गर्नुहोस्
×
Search