काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालनका लागि डा. अभिषेक राज सिंहको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ।
सदस्यमा डा. घनश्याम पाण्डे र सचिवमा खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रशासकीय अधिकृत दोवे तामाङ रहेका छन्। डा
युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार उक्त कार्यदललाई ९० दिनभित्र आवश्यक प्रक्रिया अघि बढाउने जिम्मेवारी दिइएको हो।
गठित परिषद्ले सेन्टर सञ्चालनसम्बन्धी व्यवस्थापनदेखि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न कार्यदललाई जिम्मा दिएको छ।
मन्त्रीस्तरीय निर्णयसँगै केन्द्र सञ्चालनका लागि स्वीकृत प्रक्रिया अघि बढाउन निर्देशन गरिएको थियो। सो अनुसार परिषद् प्रमुख प्रशासन विभागले कार्यदल गठन गरेको हो।
कार्यदलले सेन्टरलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन आवश्यक नीतिगत, संरचनागत तथा प्राविधिक पक्षमा सुझावसहित प्रतिवेदन बुझाउने छ।