काठमाडौं -नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले उच्च अदालत पाटनको परमादेशअनुसार स्थगित भएको निर्वाचन प्रक्रिया पुनः अघि बढाउने निर्णय गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। परिषद्ले पहिले प्रकाशित तालिका विशेष परिस्थितिका कारण स्थगित गरेको थियो, तर अब संशोधनसहित पुनः निर्वाचन प्रक्रिया सुरु भएको छ।
चार सदस्य पदका लागि जनस्वास्थ्य, चिकित्सा, निदान तथा पुनःस्थापना र विविध विषय समूहबाट एक–एक प्रतिनिधि चयन गर्न मतदान हुनेछ। परिषद्मा दर्ता भएका स्वास्थ्य व्यवसायीलाई लक्षित यो निर्वाचन माघ १५ गते आइतबार तोकिएका स्थानहरूमा बिहान १० बजेदेखि ४ बजेसम्म हुनेछ।
परिषद्ले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिका यसप्रकार छ :
मतदाता नामावली अध्यावधिक - २०८२ मंसिर मसान्तसम्म
मतदाता नामावली प्रकाशन- २०८२ पौष ७ गतेसम्म
मतदाता नामावलीमा दाबी–विरोध - २०८२ पौष १३ गते बिहान १० देखि ४ बजेसम्म
अन्तिम मतदाता नामावली प्रकाशन- २०८२ पौष १८ गते अपरान्ह ३ बजे
उम्मेदवारी दर्ता - २०८२ पौष २० गते बिहान १० देखि ४ बजेसम्म (परिषद् कार्यालय, बाँसवारी)
उम्मेदवार नामावली प्रकाशन - २०८२ पौष २२ गते अपरान्ह ४ बजे
उम्मेदवारविरुद्ध दाबी–विरोध - २०८२ पौष २४ गते बिहान १० देखि ४ बजे
मनोनयन फिर्ता - २०८२ पौष २८ र २९ गते बिहान १० देखि ४ बजे
अन्तिम नामावली प्रकाशन - २०८२ पौष ३० गते अपरान्ह ४ बजे
मतदान - २०८२ माघ १५ गते आइतबार, बिहान १० देखि ४ बजे
परिषद्ले आवश्यक अन्य विवरण आधिकारिक वेबसाइट nhpc.gov.np र फेसबुक पेजमार्फत सार्वजनिक गरिने जनाएको छ।