काठमाडौं - मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरले निजी स्वास्थ्य संस्थाको बोर्डबाट प्रतिष्ठानको नाम हटाउन आफ्ना मातहतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई १५ दिनको अल्टिमेटम दिएको छ।
प्रतिष्ठानले एक सूचना जारी गर्दै आफूले काम गरेको निजी स्वास्थ्य संस्थाको बोर्डबाट प्रतिष्ठानको नाम हटाउन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई १५ दिने अल्टिमेटम दिएको हो। प्रतिष्ठानले उक्त सूचना कार्तिक ३० गते जारी गरेका थियो।
सूचनामा भनिएको छ, ‘स्वास्थ्य नियमावली अनुसार कुनै पनि सरकारी संस्थाको नाम आफ्नो निजी अस्पताल, क्लिनीकको बोर्डमा राख्न नपाउने कानुनी प्रावधान रहेको हुँदा कसैले आफ्नो निजी अस्पताल, क्लिनीक स्वास्थ्य संस्थाको बोर्डमा लेखेको भए यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सरकारी संस्थाको नाम हटाउनु हुन जानकारी गराईन्छ।’
स्वास्थ्य नियमावली अनुसार कुनै पनि सरकारी संस्थाको नाम आफ्नो निजी अस्पताल, क्लिनीकको बोर्डमा राख्न नपाउने कानुनी प्रावधान रहेको प्रतिष्ठानले जनाएको छ। आगामी दिनमा पनि यस किसिमको क्रियाकलाप गरेको पाइएमा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रतिष्ठानले चेतावनी दिएको छ।