काठमाडौं- भक्तपुर क्यान्सर अस्पतालका पूर्वकार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले आफ्नो २७ महिने कार्यकाल उपलब्धिमूलक र आत्मसन्तुष्टिले भरिएको बताएका छन्। अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारीबाट बाहिरिएपछि सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साझा गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद बिरामीको हितमा थुप्रै नयाँ सेवाहरू विस्तार गर्न सफल भएको उल्लेख गरेका छन्।
आफ्नो कार्यकालको सबैभन्दा सुखद पक्ष बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरी सेवा सुचारु गर्नु रहेको डा. चालिसेले बताएका छन्। उनका अनुसार यस अवधिमा अस्पतालमा छुट्टै पेडियाट्रिक अंकोलोजी वार्ड, डे केयर र पीआईसीयू, नयाँ ल्याब कम्प्लेक्स, ब्रेस्ट अंको वार्ड, डेन्टल ओपीडी, फ्लोसाइटोमेट्री, फुल प्यानल आईएचसी तथा ईआरसीपी सेवा सुरु गरिएको छ। यस्तै, साइकोलोजी काउन्सिलिङ, पल्मोनोलोजी, इकोकार्डियोग्रामसहितको कार्डियोलोजी, न्युट्रिसन काउन्सिलिङ, इमर्जेन्सी फार्मेसी काउन्टर, टर्मिनल केयर युनिट, न्युरो माइक्रोस्कोप, फोहोर व्यवस्थापन प्रणाली, पोर्टेबल एक्स–रे, अल्ट्रासाउन्ड मेसिन र लिफ्ट जस्ता पूर्वाधार तथा प्रविधि थपिएको उनले जानकारी दिएका छन्।
प्रशासनिक सुधारतर्फ २०७७ सालमा अस्पताल सरकारीकरण भएसँगै स्थायी कर्मचारीलाई मन्त्रिपरिषद्को निर्णयमार्फत स्वतः स्थायी गर्ने प्रक्रिया सम्पन्न भएको र सेवा सुविधा विनियमावली स्वीकृत भई जारी भएको उनले स्मरण गरेका छन्। हाल अस्पतालको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण स्वीकृतिको चरणमा रहेको र अस्पताल डिजिटलाइजेसन (ईएमआर) प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ। यद्यपि, ३० वर्षदेखि स्वायत्त रूपमा चलिरहेको संस्थाको कानुन संशोधन गरी त्यहीँका स्थायी चिकित्सक निर्देशक हुन नपाउने व्यवस्था गरिएकाले अब अस्पताल प्रतिष्ठान वा समिति कुन मोडलमा अगाडि बढ्ला भन्ने कौतुहलता कायमै रहेको उनले उल्लेख गरेका छन्।
अस्पताल विस्तारका लागि अत्यावश्यक जग्गा प्राप्तिको फाइल अन्तिम चरणमा पुर्याएर २०८२ भदौ १९ गते मन्त्रालयमा पेस गरिए पनि भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मन्त्रालय जल्दा उक्त प्रयास खेर गएको भन्दै उनले दुःख व्यक्त गरेका छन्। यद्यपि, उक्त कार्य पुनः नयाँ तरिकाले सुरु गरिएको र आईएईएसँग अनुदानमा मागिएको 'स्पेक्ट सिटी' र 'डेक्सा स्क्यान' प्राप्त हुने निश्चित भइसकेको उनले बताएका छन्।
कार्यकालभर सहयोग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिवहरू तथा अस्पताल परिवारप्रति आभार व्यक्त गर्दै डा. चालिसेले नवनियुक्त कार्यकारी निर्देशक डा. निराजन सुवेदीलाई बधाई दिएका छन्। युवा चिकित्सकको जोशले अस्पताललाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै उनले आफू आगामी दिनमा पनि रेडिएसन अंकोलोजिस्टका रूपमा सोही अस्पतालमा बिरामीको सेवामा निरन्तर खटिरहने प्रतिबद्धता जनाएका छन्।
हेरौं डा चालिसेले लेखेको अनुभव
भक्तपुर क्यान्सर अस्पतालमा २७ महिना कार्यकारी निर्देशक को पदमा कार्यरत रहँदा धेरै राम्रो अनुभव भएको छ। निर्देशक को भुमिकामा काम गर्ने अवसर दिनु हुने तत्कालीन नेतृत्व, सहयोग गर्नहुने सम्पुर्ण कर्मचारि, साथिभाई मेरा लागि अविस्मरणीय रहेका छन् । शुरुमा निमित्त निर्देशक नियुक्त हुँदा देखि मन्त्रीपरिषदबाट नियुक्त हुँदा सम्म सहयोग पुर्याउने सम्पुर्ण ब्यक्ति तथा तत्कालिन प्रधानमन्त्री के पि शर्मा ओली र स्वास्थ्य मन्त्रि प्रदिप पौडेल सचिब डा रोशन पोखरेल तथा डा बिकास देवकोटा अतिरिक्त सचिव डा दिपेन्द्र रमण सिंह लगायत सबैलाई हार्दिक आभार व्यक्त गर्दछु।
धेरै बिरामी सेवाग्राहीको समस्या समाधान गर्न प्रतक्ष्य भुमिका निर्वाह गर्न पाएकोमा मलाई धेरै नै आत्मसन्तुष्टि मिलेको छ। केहि काम गर्न सकियो केहि शुरुवात भएको छ भने केही काम गर्न सकिएन। सिमित श्रोत साधनका बाबजुद धेरै सेवाहरू थप गर्न सकियो। बालबालिकाको क्यान्सर निशुल्क उपचार ब्यबस्था गरि सेवा सुचारु भईरहेको कुराले मलाई धेरै आनन्द प्राप्त भएको छ। Few of the services started during my tenure as an Executive Director of the Bhaktapur Cancer Hospital were
Separate Pediatric Oncology ward along with day care and PICU
New Lab complex
Day care extension
Breast Onco ward
Dental OPD
Flowcytometry service
Full panel IHC ( limited panel केही पहिले देखि नै भईरहेको)
ERCP
Psychology counselling सेवा
Pulmonology service
Pulmonology function test
Cardiology service including Echocardiogram
Nutrition/ Dietitian counselling
Emergency pharmacy counter
Terminal care unit
New Operating Neuro Microscope
In house Solid waste management system
New Portable X ray
Many new Ultrasound machines
Additional faculties थपिएको
New lift
Visitor pass
२०५३ मा नेपाल अर्बुद निवारण संस्था ले बिभिन्न ब्यक्ति निकाय र सस्थाको सहयोग मा स्थापना गरिएको यस अस्पतालमा २०७७ मा नेपाल सरकारको गठनादेशले सरकारीकरण भएसँगै यस अस्पतालका स्थाई कर्मचारी मन्त्रीपरिषद्को निर्णय मार्फत स्वत: स्थाई हुने प्रक्रिया सम्पन्न भयो। कर्मचारी को सेवा सुबिधा बिनियमावली स्विकृती भई जारि भयो भने बाँकी कर्मचारी को स्थायित्व र बृत्ती बिकास का लागि कानुन निर्माण गर्ने काम हुँदै थियो। अब O&M survey स्विकृत हुने बाँकी छ र त्यसै अनुसार पदपूर्ति हुने छन् । EMR Hospital digitalization प्रक्रिया अन्तिम चरणमा पुगेको छ। ३० बर्ष देखि देखि स्वायत्त रुपमा चलिरहेको सस्थाको कानुन संशोधन गरि उक्त संस्थाका स्थाई चिकित्सक निर्देशक हुन नपाउने व्यवस्थालाई कालान्तरमा प्रतिष्ठान मोडेल ले प्रतिस्थापन गर्ला कि समिति मोडेल मा नै अगाडि बढ्ला त्यो कौतुहलता रहनेछ।
अस्पताल बिस्तार गर्न अत्यावश्यक जग्गा प्राप्ति को लागि फाईल अन्तिम चरणमा पुर्याई भदौ १९ गते मन्त्रालयमा पेश गरिएको मा २०८२ भदौ २३/२४ को जेनजि आन्दोलन को क्रम मा मन्त्रालय पुर्ण रुपमा जले सँगै प्रयास माटोमा मिल्न गयो। उक्त कार्य लाई फेरी नयाँ तरिकाले शुरुवात गरिएको छ, नतिजा भविष्यमा देखिएला। IAEA सँग अनुदान मा मागिएको SPECT CT र DEXA scan प्राप्त हुने निश्चित भईसकेको छ। नवनियुक्त कार्यकारी निर्देशक डा निराजन सुबेदी लाई हार्दिक बधाई, युबा चिकित्सकको जोश र यस सस्थाको गर्विलो ईतिहासले यस अस्पताललाई थप उचाईमा पुर्याउने विश्वास लिएको छु। यस बिचमा यस अस्पतालको बिकास को लागि बिगत देखि बर्तमान सम्म योगदान पुर्याउनु हुने सम्पूर्ण समुदाय समाजसेवी संघ संस्था तथा नेपाल सरकार प्रति हार्दिक आभार। अब भविश्यमा पनि निरन्तर एक क्यान्सर रोग बिशेषज्ञ रेडियसन अन्कोलोजिष्ट को रुपमा बिरामीको सेवामा यसै अस्पतालमा खटिनै रहनेछु।