काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदीलाई नियुक्त गरेको छ।
नेपाल सरकारको ११औं तहका अधिकृत डा. सुवेदीले शुक्रबार मन्त्रालयबाट नियुक्ति पत्र बुझेका हुन्। यसअघि नेपालगन्जस्थित भेरी अस्पतालको निर्देशकका रूपमा काम गरिसकेका डा. सुवेदी पछिल्लो समय वीर अस्पतालमा कार्यरत थिए ।
यसअघिका क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेलाई डेढ महिनाअघि जिम्मेवारीबाट हटाइएपछि अस्पतालको प्रमुख पद रिक्त रहँदै आएको थियो। सोही रिक्त पदमा मन्त्रालयले डा. सुवेदीलाई पठाएको हो।
डा सुवेदीले पत्र बुझिसकेको र अस्पतालमा गएर अस्पतालको विकासमा काम गर्ने बताए।