काठमाडौं - लागु औषध ट्याब्लेट र प्रतिबन्धित औषधि सहित फार्मेसी सञ्चालक दम्पत्ति पक्राउ परेका छन्।
प्रहरीले इटहरी उपमहानगरपालिका १२ मा रहेको नसिव फार्मेसीमा लागु औषधि ट्रामाडोल बिक्री गर्ने फार्मेसी सञ्चालक र उनको श्रीमतीलाई प्रक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनार तथा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट संयुक्त टोली खटेको थियो। पक्राउ पर्नेमा फार्मेसी सञ्चालक ५० वर्षीय नसिव नारायण चौधरी छन्।
उनलाई पक्राउ गरी घर कोठा समेत खानतलासी गर्दा २४ वर्षीया श्रीमती सम्झना चौधरीले सिमेन्टको दुई बोरा घरको छतबाट माथि फाल्दै गरेको अवस्थामा भेटेका थिए। उक्त बोराहरु जाँच गर्दा लागु १ हजार ९८० लागु औषधि पत्तामा, १८ हजार ८ सय क्याप्सुल र प्रतिबन्धित औषधि ४ सय पत्तामा र ४ हजार ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।
दुवै जनालाई लागु औषध र प्रतिबन्धित औषधि सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा लगी थप अनुसन्धान भइरहेको छ।