काठमाडौं - शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रार पदका लागि १० जनाको उम्मेदवारी परेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै विश्वविद्यालयको रजिष्ट्रार पदका लागि स्वीकृत भएका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको हो।
रजिष्ट्रार पदका लागि चन्द्र प्रकाश भट्ट, प्रमोद कुमार यादव, डवल बहादुर धामी, खेमराज जोशी, शिवप्रसाद सापकोटा, डमरु पनेरु, गोविन्द्र सिंह विष्ट, शिला मैनाली, भिम बहादुर चन्द र पदम राज जोशीले उम्मेदवारी दिएका छन्।
