काठमाडौं - सरकारले विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाउँदैछ। नोभेम्बर १८ देखि २४ सम्म एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एमएमआर) विरुद्धको आवाज उठाउँदै सरकारले यो विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाउन लागेको हो।
यस वर्ष ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ भन्ने नारा तय गरिएको छ। रातो धर्का भएका औषधि चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रेसक्रिप्सन बिना सेवन गर्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
रातो धर्का भएका औषधिहरु सधै स्वास्थ्यकर्मीको सल्लाहमा मात्र सेवन गर्न मन्त्रालयको आग्रह छ। औषधिको अनुचित प्रयोग तथा दुरुपयोगले प्रतिजैविक अर्थात् एन्टीमाइक्रोबियल रेजिस्टेन्सको जोखिम बढाउँछ।