काठमाडौं — नेपाल मेडिकल काउन्सिलको आसन्न चुनावलाई लक्ष्य गर्दै उपाध्यक्षका उम्मेदवार डा. अजयसिंह थापाले आफ्नो विस्तृत एजेन्डा सार्वजनिक गरेका छन्। चिकित्सकका पेशागत हक–हित, पारदर्शी नियमन, आधुनिक प्रविधिसँग समायोजन तथा स्वास्थ्य प्रणालीमा जनविश्वास बढाउने उद्देश्यसहित उनले अल्पकालीन तथा दीर्घकालीन योजना प्रस्तुत गरेका छन्।
थापाका अनुसार, 'काउन्सिल चिकित्सकको भरोसाको संस्थान बन्ने वातावरण निर्माण नै पहिलो प्राथमिकता' हुनेछ।
यस्ता छन् उनका अजेन्डा
1.अल्पकालीन योजना
A.प्रथम बैठकमै पेश गर्ने छलफल गर्ने र निर्णय गर्ने बिषयहरु
A1.नेपालमा एकमात्र मेडिकल लाइसेन्सको ब्यवस्था गर्ने,Temporary lisence खारेज गर्ने
A2.नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परिक्षाको संचालन काठमान्डौ मात्र नभएर उपत्यका बाहिर गर्ने र Answers Key सार्वजनिक गर्ने
A3.बायोमेट्रिकलागी आवश्यक पर्ने बाहेकका, अन्य सबै सेवासुबिधा अनलाइन गर्ने र सर्टिफिकेट डेलिभेरी समेत आधिकारीक कार्यलय (बैंक/काउन्सिल कार्यलय/मेडिकल कलेज) मा गर्ने ब्यवस्था गर्ने
A4.Registration/Good Standing लगायत कार्यलय ब्यवस्थापनमा IT-based e-governance र time-bound सेवा लागु गर्ने
A5. Peripheral/remote चिकित्सकलाई CME/CPD अनलाइन मोड्युल
मान्यता दिने
A6.हरेक CPD/ CME कार्यक्रम संचालन गर्दा त्यसको काउन्सिलबाट बैधानिकताको निम्ती मेडिकोलिगल संग सम्बन्धित प्राक्टिकल सन्देश वा बिषयगत छलफल लागी ५/१० मिनेटको सेशन अनिवार्य गर्ने
A7.Transparency
1. NMC को त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्ने
2. सेक्युरीटि ब्रिज हुने खालको एजेन्डा बाहेकका चिकित्सहरुसंग सम्बन्धित बोर्ड बैठकका मिटिंग छलफल लाइभ गर्ने
3. निर्णय प्रक्रिया, बजेट, बोर्ड बैठक माइन्युट सारांश उपस्थिती संख्या सहित website मा राख्ने र lisenced चिकित्सकहरुले login गरेर हेर्न मिल्ने
B. दिर्घकालीन योजना
B1.Ethical Board बनाउने
B2. अहिले काउन्सिलमा Ethical comitee मार्फत बिभिन्न मुद्दा उज्रीहरुको टुंगो लगाउने प्रकियाहरु हुनेरैछन।आर्थिक बर्षको सुरुमै बिज्ञहरुको सुची तयार गरी,Ethical बोर्ड/Medical Jury बोर्ड गठन गरी त्यसमार्फत मुद्दा उजुरी लगायतको निराकरण गर्ने।बिज्ञहरुको चयन सार्वजनिक आह्वान मार्फत गरिने र Malpractice छानबिनमा दबाब–रहित निर्णय प्रक्रिया अपनाउने र त्यस्ता उजुरीकर्ता वा निवेदनकर्ताको लागी Whistleblower protection नीति बनाउने।
B3.नया नीतिहरुको तर्जुमा गर्ने
B4.भबिष्यमा रोगपरिक्षण,निदान,उपचार,पुनस्थापान ( Diagnostic, therapeutics, Care) आदि इत्यादिमा Telemedicine र AI based technology प्रयोग हुने हुदा त्यससंगै आउने अवसर र चुनौतीका आवश्यक नियमन गर्न नियमन नीति तर्जुमा गर्ने
B5. विभिन्न बिषयका विशेषज्ञहरु संग छलफल गरी काउन्सिलले Nepal-Specific Treatment Guidelines बनाउने यसबाट National Medical Practice Standard index तयार गर्ने
B6.अस्पतालहरुमा अनिवार्य Risk-management protocols बनाउने
B7. सरकार र सरोकारवाला निकायसंग छलफल गरी Professional Indemnity Insurance बाध्यकारी बनाउने पहल गर्ने ,मेडिकल र डेन्ट्रिसट्रि सेक्टरमा देखिएका सम्पूर्ण Quakary अन्त्य गर्न आवश्यक नीति सरोकारवाला निकाय संग समन्वयन गरी बनाउने र No Tolerance नीति लागू गर्ने
Council VP को व्यक्तिगत प्रतिबद्धता
* मासिक Full House बैठक र साप्ताहिक Committee बैठकलाइ अनिवार्य प्राथमिकता
* चिकित्सकसँग समयसमयमा संवाद �(हरेक तिन महिनामा feedback forum)
* व्यक्तिगत/राजनीतिक प्रभाव बाहिर बसेर�निष्पक्ष नियमन
* निर्णय प्रक्रियामा डेटा र evidence आधारित विश्लेषण
* Integrity (सत्यनिष्ठा)
* Transparency (पारदर्शिता)
* Accountability (जवाफदेहिता
Advocacy
* Iatrophobia (चिकित्सक प्रति अविश्वास) घटाउने जनचेतना अभियान
* स्वास्थ्य मन्त्रालय, समाजहरू, मिडिया संग नियमित सहकार्य
* बोंन्डिग गर्दा गर्दै सरकारी सेवामा प्रवेश बन्देज बिरुद्द
* MD/MS अध्ययन गर्न एक बर्षे बाध्यकारी अनुभव हटाउन पहल
* फेलोसिपलाइ निर्वाह भत्ता
* तराइ मधेसका बिद्यार्थीहरु र चिकित्सकहरुका लागी मेडिकल कलेज र अस्पतालहरु संग समन्वयन गरी छठ पुजामा थप बिदाको प्रावधान गर्ने
* इन्टर्न र रेजीडेन्टहरुले जोखिम भत्ता,चार्डपर्व भत्ता पाउनुपर्ने पहल गर्ने
* रेजीडेन्सीमा बैवाहिक बिदा तर्फ एक बिदा शिर्षक थप गर्ने
* गर्भवती महिला चिकित्सकहरुका लागी स्वास्थ्य जोखिमको ख्याल गर्दा आवश्यक बिदा र सुबिधा थप गर्ने
* मेडिकल कलेजमा दबाव रहित बाताबरणका लागी काउन्सिलले अनुगमन निर्देशन दिने