मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन २५, २०८३
Mon, Aug 10, 2026
सोमबार, साउन २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अटिजम भएका छोराका लागि खुला कपाल राख्ने मार्क कुकुरेल्लाको भावुक कथा
उनको खुला कपाल कुनै फेसन, ब्रान्ड वा अन्धविश्वासको प्रतीक होइन। त्यो एउटा बुबाको प्रेम, त्याग र जिम्मेवारीको प्रतीक हो। लाखौं दर्शकले भरिएको रंगशालामा पनि आफ्नो छोराले 'त्यो मेरो बाबा हो' भनेर सजिलै चिन्न सकोस् भन्ने चाहनाले उनले वर्षौंदेखि आफ्नो कपाल खुला राखेका छन्। खेलाडीका रूपमा उनले धेरै ट्रफी जितेका छन्। तर अटिजम भएका आफ्ना छोराका लागि हरेक दिन लड्ने यो संघर्षले उनलाई केवल उत्कृष्ट फुटबलर होइन, असल बुबाको रूपमा पनि चिनाएको छ।
शनिबार, साउन ९, २०८३
यस्ता खानेकुराले बढाउन सक्छन् आन्द्राको क्यान्सरको जोखिम
पेट, कलेजो, तथा पाचन प्रणाली रोग विशेषज्ञ डा मुकेश शर्मा पौडेलका अनुसार हाम्रो गलत खानपान र जीवनशैलीका कारण ठूलो आन्द्राको भित्री भागमा कोषिका अनियन्त्रित रूपमा वृद्धि भई क्यान्सरको रूप लिने गर्दछ।
शनिबार, साउन ९, २०८३
कर्णालीबाट चिकित्सक उत्पादन सुरु, पहिलो ब्याचका १८ विद्यार्थी एमबीबीएस उत्तीर्ण
डा. रावलले आफूले प्रतिष्ठानको नेतृत्व सम्हालेपछि सामूहिक प्रयास, अथक मेहनत र दृढ प्रतिबद्धताका साथ एमबीबीएस कार्यक्रम सुरु गरिएको स्मरण गर्दै पहिलो ब्याचसँग आफ्नो विशेष भावनात्मक सम्बन्ध रहेको बताएका छन्। उनले यस उपलब्धि केवल विद्यार्थीहरूको सफलता मात्र नभई प्रतिष्ठानका प्राध्यापक, चिकित्सक, कर्मचारी तथा सम्पूर्ण कर्णालीवासीको साझा उपलब्धि भएको उल्लेख गरेका छन्।
शनिबार, साउन ९, २०८३
डिजिटल स्वास्थ्य मन्त्री मेहताको प्राथमिकतामा
टोलीले स्थानीय तहमा डिजिटल स्वास्थ्य सेवाबाट प्राप्त उपलब्धि, टेलिमेडिसिनको प्रभावकारी विस्तार, स्वास्थ्य सूचना प्रणालीको एकीकरण, आवश्यक कानुनी तथा नीतिगत सुधार, वित्तीय दिगोपन तथा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयमार्फत राष्ट्रिय डिजिटल स्वास्थ्य प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएको थियो। सम्मेलनमा उठाइएका यी विषयलाई सरकारको प्राथमिकतामा राखी कार्यान्वयन प्रक्रिया अघि बढाउन पनि टोलीले आग्रह गरेको थियो।
शनिबार, साउन ९, २०८३
अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो, धर्मशालाबाट सेती प्रादेशिक अस्पताल सारियो
डा. केसीका सहयोगी डा. अमृत जैशीका अनुसार अनशनका कारण उनको स्वास्थ्य क्रमशः कमजोर बन्दै गएको छ। मांसपेशी बाउडिने, बोल्न असहज हुने, रक्तचापमा उतारचढाव आउने तथा केही समयअघि खुट्टाको शल्यक्रिया गरिएकाले हिँडडुल गर्न र बाथरुम जानसमेत कठिनाइ भइरहेको उनले बताए। उनका अनुसार शुक्रबार राति ब्लड सुगर ५६ mg/dL रहेकामा शनिबार बिहान ६ बजे गरिएको परीक्षणमा ५० mg/dL मा झरेको थियो।
शनिबार, साउन ९, २०८३
स्वास्थ्य मन्त्रीको पहल सफल, गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
गाभीले मन्त्री मेहतालाई पठाएको पत्रमार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपाल सरकारले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको हो।
शनिबार, साउन ९, २०८३
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु
छलफलमा डा. श्रीप्रसाद अधिकारी, डा. ज्वाला थापा र डा. बिनिता थापाको सहभागिता रहेको थियो।
शनिबार, साउन ९, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
समितिले स्वीकृत भएका उम्मेदवारहरूमा डा. राजेन्द्रकुमार पोखरेल, सुभाष कोइराला, बुद्ध काजी श्रेष्ठ, गंगा प्रसाद जोशी, डा. प्रमोदकुमार यादव, डा. मुक्तिनाथ खनाल, डा. हुमनाथ गैरे, राजन श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, विमला भट्ट, पारस अधिकारी, रोशनकुमार महतो र उत्तमकुमार कोइराला रहेको जनाएको छ।
शनिबार, साउन ९, २०८३
काठमाडौं महानगरले दियो ट्रमा सेन्टरलाई करिब एक करोडको अर्थोपेडिक इम्प्लान्ट
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबार सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीलाई सामग्री हस्तान्तरण गरेकी छिन्। यो सँगै विपन्न तथा बेवारिसे नागरिकले निशुल्क उपचार पाउने छन्। महानगरले ११५ प्रकारका सामग्री उपलब्ध गराएको हो।
शनिबार, साउन ९, २०८३
परोपकार प्रसूति गृहमा 'स्वस्थ शिशु प्रतिस्पर्धा' हुने
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार अस्पतालले प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर यस प्रकारको प्रतिस्पर्धा आयोजना गर्दै आएको छ।
शुक्रबार, साउन ८, २०८३
नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनको अध्यक्षमा डा. जितेन्द्र राज कोइराला निर्वाचित
त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको साझा संस्था 'नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन' (एनआरडिए) को १७ औँ कार्यसमिति औपचारिक रूपमा घोषणा गरिएको छ।
शुक्रबार, साउन ८, २०८३
डा. केसीलाई शिक्षा मन्त्रीको फोन, भने- माग सम्बोधन गर्न सरकार तयार छ
शुक्रबार साँझ डा. केसीसँग छलफलका लागि मन्त्री पोखरेलले उनका सहयोगी डा. अमृत जैशीसँग टेलफोन संवाद गरेका थिए। मन्त्री पोखरेलले डा केसीसँग संवाद गर्न खोजेपनि डा केसी आराम गरिरहेको समय परेकाले कुराकानी हुन पाएको थिएन।
शुक्रबार, साउन ८, २०८३
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
नेपालका अधिकांश विशिष्टीकृत अस्पताल (वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्रान्डी अस्पताल, मेडिसिटी अस्पताललगायत) काठमाडौं उपत्यकामा केन्द्रित छन्। कर्णाली, सुदूरपश्चिम तथा हिमाली जिल्लाका नागरिकका लागि यी अस्पतालसम्म पुग्नु नै ठूलो चुनौती हो।
शुक्रबार, साउन ८, २०८३
स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुशासन कि पेशागत एकाधिकार?
सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय स्वास्थ्य मन्त्रीज्यूले यस प्रश्नलाई सामान्य प्राविधिक विवादका रूपमा होइन, संस्थागत न्यायको मूल प्रश्नका रूपमा लिनु आवश्यक छ। जिम्मेवारी प्रशासनिक छ, तर योग्यताको मापदण्ड विशुद्ध चिकित्सकीय बनाइन्छ भने त्यसले प्रतिस्पर्धाको दायरा विस्तार गर्दैन, बरु सीमित बनाउँछ। यस्तो व्यवस्थाले योग्यताको दायरा फराकिलो होइन, साँघुरो बनाउँछ। अन्ततः एउटै पेशागत समूह मात्र निर्णय तहमा पुग्ने अवस्था सिर्जना हुन्छ।
शुक्रबार, साउन ८, २०८३
रास्वपा सांसद डा. तोसिमा कार्की भन्छिन्: ‘प्रा. डा. गोविन्द केसीसँग सधैं थिएँ, छु र रहनेछु’
डा. कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि डा. गोविन्द केसीले सञ्चालन गर्दै आएको अभियानप्रति आफ्नो समर्थन निरन्तर रहने प्रतिबद्धता पनि दोहोर्याइन्। उनले भनिन्, "नेपाली जनताको हित केन्द्रित चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको अभियानमा आदरणीय प्रा. डा. गोविन्द केसीसँग सधैं थिएँ, छु र रहनेछु।"
शुक्रबार, साउन ८, २०८३
१८ दिनपछि अस्पतालबाट डिस्चार्ज भइन् अभिनेत्री दीपाश्री, भनिन्– ‘महाभारत युद्ध पनि १८ दिन नै चलेको थियो'
अस्पतालबाट डिस्चार्ज हुँदै दीपाश्रीले आफ्नो उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, शुभेच्छुक तथा अस्पताल पुगेर स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरिन्। उनले आफ्नो १८ दिनको संघर्षलाई महाभारत युद्धसँग तुलना गर्दै भावुक सन्देश पनि दिइन्।
बिहीबार, साउन ७, २०८३
‘डा. केसी जोसँग लड्छन्, म उनकै साथमा’ भन्ने शिक्षामन्त्री पोखरेलकै कार्यशैलीविरुद्ध डा. केसीको अनसन
डा. केसीका यी माग कार्यान्वयन गराउने जिम्मेवारी सरकार, विशेषगरी शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित भएकाले विगतमा "डा. केसी जहाँ लड्छन्, म त्यहीँ हुन्छु" भन्ने सार्वजनिक अभिव्यक्ति दिएका शिक्षामन्त्री पोखरेल अहिले कुन भूमिका खेल्छन् भन्ने विषयलाई धेरैले चासोका साथ हेरेका छन्।
बिहीबार, साउन ७, २०८३
प्राडा गोविन्द केसीले धनगढीबाट सुरु गरे अनसन
बिहीबार, साउन ७, २०८३
नेपाल औषधि लिमिटेडको अनुगमनमा उद्योगमन्त्री यादव
सो अवसरमा महाप्रबन्धक पनेरूले वर्षौँदेखि घाटामा रहेको औषधि लिमिटेड यस आर्थिक वर्षमा करिब दुई करोड रुपैयाँ नाफामा जान सफल भएको प्रगति विवरण पनि मन्त्रीसमक्ष प्रस्तुत गरे। उनले जनशक्ति अभावको विषय पनि मन्त्रीलाई सुनाए।
बिहीबार, साउन ७, २०८३
२१ वर्षअघि घाँटीमा देखिएको डल्लो जब दुर्लभ ट्युमर भन्ने थाहा भयो...
नर्भिक अस्पतालका न्युरोसर्जन डाक्टर पावनबहादुर भण्डारीको नेतृत्वमा चिकित्सकहरूले ७१ वर्षीया वृद्धा महिलाको मस्तिष्कको धमनी वरपर रहेका नसाहरूबाट उत्पन्न भएको दुर्लभ ट्युमरको सफल शल्यक्रिया गरेका हुन्। डा. भण्डारीका अनुसार बिरामीको घाँटीको बायाँ भागमा ठूलो सुन्निएको डल्लो (ट्युमर) थियो।
बिहीबार, साउन ७, २०८३
आजदेखि धनगढीबाट अनसन सुरु गर्दै प्राडा गोविन्द केसी
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा. गोविन्द केसीले आफ्ना ५ बुँदे माग सम्बोधन नभएको भन्दै आज साउन ७ गते देखि कैलालीको धनगढीमा पुनः आमरण अनसन (सत्याग्रह) सुरु गर्ने भएका छन्।
बिहीबार, साउन ७, २०८३
मानिसलाई कसले मार्छ: प्रकृति वा आत्महत्या?
मनोविज्ञानका अनुसार आत्महत्या प्राय: जीवन समाप्त पार्ने इच्छा मात्र होइन, असह्य मानसिक र भावनात्मक पीडा, परिस्थितिजन्य तनाव, मन तथा भावनाको रोग लागेर वा आशा सकिए पछि आत्महत्याको बाटो रोजेका हुनसक्दछन्।
बिहीबार, साउन ७, २०८३
होमियोप्याथिक चिकित्सा पद्धति र यसको कानुनी व्यवस्था
होमियोप्याथिक चिकित्सा पद्धति विश्वका धेरै देशहरूमा अभ्यास, शिक्षा, अनुसन्धान तथा कानुनी व्यवस्थासहित विकसित हुँदै आएको एक चिकित्सा प्रणाली हो। नेपालमा यस पद्धतिलाई कानुनी मान्यता प्रदान गरिएको छ र यसको अध्ययन, अभ्यास तथा नियमनका लागि आवश्यक संवैधानिक तथा कानुनी आधारहरू विद्यमान छन्।
बिहीबार, साउन ७, २०८३
फ्याटी लिभरको समस्यालाई कसरी नियन्त्रण गर्ने?
फ्याटी लिभरले विभिन्न चरणहरू पार गर्दै जाँदा कलेजो फेलसम्मको अवस्था आउन सक्ने भएकाले समयमा नै यसको पहिचान तथा नियन्त्रण गर्न आवश्यक रहेको कलेजो रोग विशेषज्ञ डा. पुकार थापा बताउँछन्। उनका अनुसार कतिपय अवस्थामा हाम्रो गलत खानपानले पनि कलेजोलाई गम्भीर असर गरिरहेको हुन्छ।
बिहीबार, साउन ७, २०८३
स्वस्थ मुख: गिजाको उपचारले मधुमेह, उच्च रक्तचाप र मुटुरोगसम्म कसरी प्रभाव पार्छ?
दैनिक दुई पटक सही तरिकाले ब्रस गर्ने, दाँतको बीच सफा गर्न डेन्टल फ्लस वा इन्टरडेन्टल ब्रस प्रयोग गर्ने, धूम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग्ने, सन्तुलित आहार खाने तथा प्रत्येक ६ महिनामा दन्त परीक्षण गराउने बानीले तपाईंको दाँत मात्र होइन, सम्पूर्ण शरीरको स्वास्थ्य जोगाउन मद्दत गर्न सक्छ।
बिहीबार, साउन ७, २०८३
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सुझाव दिन मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका लागि तयार पारिएका विधेयकहरूको मस्यौदामा सर्वसाधारण तथा सरोकारवालासँग राय–सुझाव मागेको छ।
बुधबार, साउन ६, २०८३
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारमा सरकारको जोड, आयुर्वेदिक पर्यटन प्रवर्द्धन गर्ने तयारी
छलफलमा आयुर्वेद सेवालाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने, संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण सम्पन्न गर्ने, मन्त्रालयअन्तर्गत आयुर्वेदसम्बन्धी संस्थागत संरचना सुदृढ गर्ने, जडीबुटी उत्पादनदेखि प्रशोधन र औषधि निर्माणसम्मको मूल्य शृंखला विकास गर्ने तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को जीएमपी मापदण्डअनुसार उत्पादन प्रणाली सुदृढ गर्नुपर्ने सुझाव पनि सहभागीहरूले दिएका थिए।
बुधबार, साउन ६, २०८३
सरकारले औपचारिक रूपमा हटायो ३ प्रतिशत स्वास्थ्य समता शुल्क
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, मेडिकल कलेज तथा निजी विद्यालय र कलेजले प्रदान गर्ने सेवामा ३ प्रतिशत समता शुल्क लगाउने व्यवस्था गरेको थियो। उक्त शुल्कबाट संकलित रकम सरकारी शिक्षा र स्वास्थ्य सेवाको सुधार, दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकको सेवा विस्तार, स्वास्थ्य बीमा कार्यक्रम तथा दलित, सीमान्तकृत र विपन्न समुदायका बालबालिकाका लागि खर्च गर्ने सरकारको योजना थियो।
बुधबार, साउन ६, २०८३
मिस नेपाल २०२६ को फाइनलमा डाक्टर सितांशु ढकाल
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस उत्तीर्ण डा. सितांशु ढकाल मिस नेपाल २०२६ को फाइनलिस्टमा छनोट भएकी छिन्। उनी प्रतियोगितामा प्रतियोगी नम्बर १३ का रूपमा प्रतिस्पर्धा गर्नेछिन्।
बुधबार, साउन ६, २०८३
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
नेपालमा पछिल्लो समय सबैभन्दा बढी देखिएका स्नायु रोगहरू, टाउको दुखाइ कुन अवस्थामा गम्भीर हो, कस्तो टाउको दुखाइमा न्युरो फिजिसियनलाई भेट्ने, र कस्तो टाउको दुखाइमा एमआरआई आवश्यक हुन्छ लगायतका विषयमा केन्द्रित भएर कन्सल्टेन्ट न्युरो फिजिसियन डा. प्रतीक पौडेलसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
बुधबार, साउन ६, २०८३
Previous
5
6
7
8
9
Next
सर्च गर्नुहोस्
×
Search