मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ ३१, २०८३
Thu, Sep 17, 2026
बुधबार, भदौ ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
३ देखि ६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण
बालबालिकामा पेट दुख्ने समस्या बारम्बार दोहोरिएमा केवल घरेलु उपाय वा औषधिमा मात्र भर नपरी कारण पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ। बच्चालाई नियमित दिसा गर्ने बानी, पर्याप्त पानी, सन्तुलित आहार र सक्रिय जीवनशैलीमा प्रोत्साहित गर्नुपर्छ।
शनिबार, भदौ २०, २०८३
क्यान्सर उपचारमा सेकेन्ड ओपनिनयन
क्यान्सर भएको थाहा पाउनु आफैंमा कठिन अवस्था हो। त्यससँगै उपचारसम्बन्धी निर्णय, अन्योल र धेरै प्रश्न पनि उत्पन्न हुन सक्छन्। यस्तो अवस्थामा सेकेन्ड ओपिनियन लिनु चिकित्सकप्रतिको अविश्वास होइन। बरु आफ्नो रोग, उपचारका विकल्प र अगाडिको बाटोबारे स्पष्ट रूपमा बुझेर आत्मविश्वासका साथ निर्णय लिनका लागि यो एक सक्रिय र महत्वपूर्ण कदम हो।
शुक्रबार, भदौ १९, २०८३
भक्तपुर क्यान्सर अस्पतालमा बाढी प्रभावित क्षेत्रका बिरामीलाई निःशुल्क क्यान्सर उपचार
भक्तपुर क्यान्सर अस्पतालले रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीहरूका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ। अस्पतालले जारी गरेको सूचना अनुसार बाढीप्रभावित क्षेत्रका बिरामीहरूलाई विशेष प्राथमिकता दिँदै यो सेवा सञ्चालनमा ल्याइएको हो।
शुक्रबार, भदौ १९, २०८३
बाढीपहिरो प्रभावितका लागि दृष्टि आई केयरद्वारा १६ लाख बढी सहयोग
दृष्टि आई केयर सिस्टमको संस्थागत योगदान १२ लाख रुपैयाँ र दृष्टि परिवारका कर्मचारी सदस्यहरूको स्वेच्छिक एक दिनको तलबबाट ४ लाख १ हजार रुपैयाँ गरी जम्मा १६ लाख १ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो। उक्त सहयोग रकम बराबरको चेक आज माननीय अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
शुक्रबार, भदौ १९, २०८३
रेस्क्यु गरिएकामध्ये कविर महर्जनलाई माइल्ड हाइपोथर्मिया, सञ्जय शाह जोखिममुक्त
लामो समयसम्म चिसो पानी र वातावरणको सम्पर्कमा रहँदा शरीरको तापक्रम घट्न गई हाइपोथर्मिया हुन सक्छ। सामान्य अवस्थामा मानव शरीरको तापक्रम करिब ९८.६ डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियस) वरिपरि हुन्छ। शरीरको तापक्रम ९५ डिग्री फरेनहाइट (३५ डिग्री सेल्सियस) भन्दा कम भएमा हाइपोथर्मिया भएको मानिन्छ।
शुक्रबार, भदौ १९, २०८३
बाढीपीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन
विपदपछि धेरैमा तर्सिने, चिच्याउने, र निद्रा नलाग्ने (अनिद्रा) जस्ता समस्याहरू देखिन्छन् । सुत्ने बित्तिकै त्यही विपतको सपना देख्दा मानिस झनै तनावमा हुन्छन् । यस्तो अवस्थामा विशेषज्ञको सल्लाहमा अल्पकालीन रूपमा औषधिहरू (जस्तैः कोलानेजेपाम वा लोराजेपाम) प्रयोग गर्न सकिन्छ, जसले तनाव कम गर्न र निद्रा लगाउन मद्दत गर्छ ।
शुक्रबार, भदौ १९, २०८३
त्रिशुली ३ एबाट उद्धार गरिएका दुवैको 'भाइटल प्यारामिटर नर्मल'
सेनाको मेडिकल टोलीले उद्धार स्थलमै प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दा दुवै व्यक्तिको अक्सिजन स्तर र नाडीको गति सन्तोषजनक रहेको तथा कुनै पनि प्रकारको तत्काल जोखिम नदेखिएको जानकारी दिएको हो। दुवैको शारीरिक अवस्था सामान्य रहे पनि पानी निलेको, चिसोले प्रभावित भएको वा मनोवैज्ञानिक आघातको सम्भावनालाई मध्यनजर गर्दै उनीहरूलाई अस्पतालमा भर्ना गरी थप अवलोकन (ओब्जर्भेसन) र आवश्यक उपचार प्रदान गरिने मेडिकल टोलीले जनाएको छ।
शुक्रबार, भदौ १९, २०८३
उद्धार गरिएका दुवैजनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै
उद्धार गरिएका दुवैजनाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उद्धारस्थलमै आपत्कालीन उपचारको व्यवस्था मिलाइएको थियो। नेपाली सेनाको मेडिकल टोली उद्धारस्थलमा तयारी अवस्थामा राखिएको छ। टोलीले उद्धार गरिएकाहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा आवश्यक आपत्कालीन उपचार त्यहीँ गरिरहेको छ।
शुक्रबार, भदौ १९, २०८३
त्रिशुली ए बाट २ जनाको जीवित उद्धार, आपतकालीन उपचारका लागि मेडिकल टिम तयार
नेपाली सेनाको मेडिकल टोली उद्धार स्थलमै तयारी अवस्थामा रहेको छ । घाइतेहरूलाई तत्काल उपचार उपलब्ध गराउन र आवश्यक परेमा सुरक्षित स्थानमा सार्न सेनाको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण र आपतकालीन सेवा उपलब्ध गराउने तयारी गरेको हो । साथै, आवश्यक परेमा हेलिकोप्टरमार्फत द्रुत उद्धार तथा स्थानान्तरण गर्न सकिने व्यवस्था मिलाइएको छ ।
शुक्रबार, भदौ १९, २०८३
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
ह्याम्स अस्पतालद्वारा भोटेकोशी बाढी पीडितका लागि २५ लाख रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३
बाढीपीडित क्षेत्रमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
शर्माको पहलमा केएमसीले यसअघि पनि आर्थिक रूपमा विपन्न तथा उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। जटिल रोगका बिरामीदेखि शल्यक्रिया आवश्यक पर्ने तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई अस्पतालले विभिन्न समयमा निःशुल्क उपचार तथा आवश्यक सहयोग प्रदान गर्दै आएको छ।
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
प्रतिष्ठानका प्रशासनिक, शैक्षिक र अस्पताल सेवासँग प्रत्यक्ष जोडिएका महत्वपूर्ण जिम्मेवारीमा नयाँ पदाधिकारी आएपछि यसको संस्थागत व्यवस्थापन, चिकित्सा शिक्षा, अस्पताल सेवा र अनुसन्धान गतिविधिमा नयाँ गति आउने अपेक्षा गरिएको छ।
बिहीबार, भदौ १८, २०८३
बाढीपीडितको सहयोगका लागि ॐ हस्पिटलद्वारा प्रधानमन्त्री कोषमा १५ लाख हस्तान्तरण
अस्पतालका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको नेतृत्वमा अस्पताल व्यवस्थापन, चिकित्सक तथा कर्मचारीहरूको संयुक्त सहभागितामा उक्त सहयोग रकम कोषमा जम्मा गरिएको हो। कुल १५ लाख रुपैयाँमध्ये अस्पतालको तर्फबाट १० लाख, चिकित्सकहरूको तर्फबाट ३ लाख ९९ हजार र कर्मचारीहरूको तर्फबाट १ लाख १ हजार रुपैयाँ योगदान गरिएको अस्पतालले जनाएको छ।
बिहीबार, भदौ १८, २०८३
बाढी प्रभावितको पुनर्स्थापनाका लागि क्वेस्ट फारमास्युटिकल्सद्वारा ११ लाख सहयोग
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि क्वेस्ट फारमास्युटिकल्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
नियुक्तिअनुसार डा. सुरेश विके रसाइलीलाई निर्देशक, श्याम लम्साललाई रजिस्ट्रार, डा. रामनारायण मण्डललाई रेक्टर र डा. कृष्णकुमार झालाई डिन नियुक्त गरिएको छ।
बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढीपीडितको सहयोगका लागि कर्णाली केयर अस्पतालद्वारा साढे ५ लाख बढी हस्तान्तरण
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कर्णाली केयर अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
बिहीबार, भदौ १८, २०८३
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थाहरुलाई भन्यो- ईएमआर प्रणालीमार्फत् दाबी पेश गर्ने व्यवस्था मिलाउ
बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध अधिकांश सेवा प्रदायक संस्थाले हालसम्म म्यानुअल रूपमा दाबी पेश गर्दै आएका छन्। म्यानुअल माध्यमबाट दाबी प्राप्त हुँदा दाबी रुजु तथा मूल्याङ्कन प्रक्रियामा बढी समय लाग्ने र सेवा प्रदायक संस्थालाई दाबी भुक्तानी गर्नसमेत ढिलाइ हुने गरेको बोर्डले जनाएको छ।
बिहीबार, भदौ १८, २०८३
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
विपत्तिका कहालीलाग्दा क्षणहरूमा आँखाभरि आँसु र मनमा असीम शोक बोकेर पनि अरूको जीवन रक्षामा जुट्न पाउनुले मलाई शिवतत्त्व- अर्थात् अरूको दुःख र पीडालाई आत्मसात् गरेर निस्वार्थ सेवा गर्ने शक्तिको वास्तविक बोध गराएको छ। मेरा पुर्खाको आशिर्वाद, सहकर्मीहरूको अदम्य साहस र स्थानीय समाजको अभूतपूर्व धैर्यले मलाई जीवनभरका लागि एउटा नयाँ दृष्टिकोण, नम्रता र आत्मबल प्रदान गरेको छ।
बिहीबार, भदौ १८, २०८३
उच्च रक्तचापका कारण संसद् बैठक चलिरहेका बेला कुर्सीबाटै लडे सांसद भरत खड्का
घटनापछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्दाबोल्दै रोकेका थिए। उच्च रक्तचापका कारण अस्वस्थ भएका खड्काको संसद् भवनमै रहेको स्वास्थ्य इकाइमा उपचार भइरहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढीपीडितलाई धनगढीको केजी अस्पतालद्वारा १२ लाखभन्दा बढी सहयोग
धनगढीमा रहेको केजी अस्पतालले आफ्नो एक साताको सम्पूर्ण आम्दानी भोटेकोशी नदीमा आएको बाढीबाट पीडितको राहत र पुनःस्थापनाका लागि सहयोग गरेको छ। अस्पतालले बाढीपीडितको सहयोगार्थ १२ लाख २ हजार ७७४ रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
बिहीबार, भदौ १८, २०८३
बाढीपीडितको सहयोगका लागि तिलगंगा र फ्रेड हलोज फाउण्डेसनद्वारा १ करोड ३१ लाख बढी हस्तान्तरण
प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख ३२ हजार ५५२ रुपैयाँ सहयोग प्रदान गरेका छन्।
बिहीबार, भदौ १८, २०८३
नेशनल प्याथ ल्याबले बाढी प्रभावितका लागि गर्यो १५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग
विपद्का कारण प्रभावित क्षेत्रमा दूषित पानी, सरसफाइको अभाव तथा विभिन्न संक्रामक रोग फैलिन सक्ने जोखिम उच्च हुने भएकाले स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको संस्थाका रूपमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उक्त सहयोग गरिएको नेशनल प्याथ ल्याबले जनाएको छ।
बिहीबार, भदौ १८, २०८३
बाढीपीडितको सहयोगका लागि एभरेस्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग
विपत्तिको कठिन घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालले अर्थ सचिव डा. घनश्याम उपाध्याय मार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेको हो। बाढी पहिरोबाट विस्थापित परिवारका लागि खाद्य सामग्री, सुरक्षित बासस्थान र खानेपानी व्यवस्थापनमा मद्दत पुगोस् भन्ने उद्देश्यले उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ।
बिहीबार, भदौ १८, २०८३
बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण
बीएलसी ग्लोबल होल्डिङ्ससँग आवद्ध संस्थाहरुले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणमा सहजिकरणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
बिहीबार, भदौ १८, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
विज्ञ तथा सरोकारवालाहरूका अनुसार, जलवायु संकटको प्राथमिक जिम्मेवारी उच्च उत्सर्जन गर्ने धनी देशहरूको हो। नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएको ‘हानि तथा नोक्सानी’ (Loss and Damage) को मुद्दाअन्तर्गत विकसित देशहरूले पूर्वसूचना प्रणाली जडान, प्रविधि हस्तान्तरण र पुनर्निर्माणका लागि ऋण नभई अनुदानमा आधारित ‘जलवायु वित्त’ उपलब्ध गराउनु जलवायु न्यायको विषय हो।
बिहीबार, भदौ १८, २०८३
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको वार्षिकोत्सव स्थगित, खर्च हुने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
अस्पतालले राष्ट्रिय विपद्को संवेदनशील घडीमा आफ्ना सम्पूर्ण कर्मचारी तथा सरोकारवालालाई एकजुट भई सम्भावित अवस्थाका लागि तयार रहन आग्रह गरेको छ। साथै, आ–आफ्नो तर्फबाट राज्यलाई सक्दो सहयोग गर्न पनि अस्पतालले आह्वान गरेको छ।
बिहीबार, भदौ १८, २०८३
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
समस्या सामान्यजस्तो देखिए पनि यसले कतिपय पुरुषको दैनिक जीवन, आत्मविश्वास र मानसिक स्वास्थ्यमा असर पार्न सक्छ। धेरैले यसलाई उमेर बढ्दै जाँदाको समस्या ठान्छन्। तर पीएमडी युवावस्थाका पुरुषमा पनि देखिन सक्छ।
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
विपद्को वास्तविक असर मृत्यु र भौतिक क्षतिमा मात्र सीमित हुँदैन। यसले खानेपानीका स्रोत दूषित पार्ने, शौचालय तथा सरसफाइ प्रणालीमा क्षति पुर्याउने, फोहोर व्यवस्थापनमा समस्या ल्याउने तथा मानिसलाई घर छाडेर अस्थायी र भीडभाडयुक्त स्थानमा बस्न बाध्य बनाउँछ। यसका साथै स्वास्थ्य संस्थामा पहुँच अवरुद्ध हुँदा नियमित स्वास्थ्य सेवा तथा औषधिको उपलब्धतामा समेत समस्या निम्तन्छ। यी सबै अवस्थाले मानिसको रोगसँगको सम्पर्क बढाउँदै सङ्क्रमण फैलिने वातावरण सिर्जना गर्छन्।
बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढीपीडितका लागि नेपाल न्यूरोसर्जनस् समाजद्वारा ५ लाखको राहत सहयोग
नेपाल न्यूरोसर्जनस् समाजका अध्यक्ष प्रा. डा. राजीव झा र महासचिव डा. बिनोद राजभण्डारीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामनासमेत गरिएको छ।
बुधबार, भदौ १७, २०८३
Previous
2
3
4
5
6
Next
सर्च गर्नुहोस्
×
Search