तस्बिर सौजन्य : रामजी साह
वीरगन्ज- वीरगन्जस्थित नारायणी अस्पतालको बाल वार्ड (पेडियाट्रिक वार्ड) को स्टोर कोठामा मंगलबार बिहान आगलागी भएको छ। बिहान करिब ४ बजेतिर अस्पतालको प्रसूति गृह भवनको तेस्रो तल्लामा भएको आगलागीबाट स्टोर कोठामा रहेका सामानहरू जलेर नष्ट भएका छन् ।
अस्पतालका निर्देशक डा. चुमनलाल दासका अनुसार आगलागीको खबर पाउनेबित्तिकै दमकल बोलाइएको थियो र दमकलको सहयोगमा आगो तत्काल नियन्त्रणमा लिइएको थियो। विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगो नियन्त्रणमा आइसकेपछि अहिले सरसफाइको काम भइरहेको र थप क्षति हुन नपाएको डा. दासले जानकारी दिए। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।