काठमाडौं – नेपाल चिकित्सक संघले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेको छ।
संघले काठमाडौंसहित देशभरका विभिन्न स्थानमा दीप प्रज्ज्वलन गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना गरेको छ। कार्यक्रममा सहभागी चिकित्सक तथा सरोकारवालाहरूले नागरिकको ज्यान जानु दुखद् भएको भन्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सजगकता अपनाउन आग्रह गरेका थिए।




