काठमाडौं- पोर्चुगलको लिस्बनमा सम्पन्न भएको वोन्का काउन्सिल २०२५ को निर्वाचनमा डा। प्रमेन्द्र प्रसाद दक्षिण एसियाका अध्यक्षमा निर्वाचित भएका छन् ।
वोन्का एमडीजीपी बिशेषज्ञ चिकित्सकहरुको विश्व संगठन हो । डा। प्रमेन्द्र प्रसाद हाल वि। पी। कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अतिरिक्त प्राध्यापकको रुपमा कार्यरत छन् । डा प्रमेन्द्र विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सन् २००११ देखि कार्यरत छन् ।
को हुन् डा प्रमेन्द्र प्रसाद ?
कन्चनरुप नगरपालिका वडा नं ८ कन्चनपुर सप्तरीका स्थायी बासिन्दा डा प्रमेन्द्र सानै देखि पढ्नमा मेहेनती र तीक्ष्ण लक्षणका थिए । उनले एमबीबीएस नेपालगंज मेडिकल कलेजबाट सम्पन्न गरेका थिए । एमबीबीएस सम्पन्न गरे पछि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा २ वर्ष मेडिकल अधिकृतको रुपमा कार्य गरेका थिए ।
त्यस त्यस पछि एमडीजीपी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट सन् द्दण्ज्ञज्ञ सम्पन्न गरी सन् २०१२ मा उप-प्राध्यापक नियुक्त भएका थिए । नेपालबाट वोन्कामा लामो समयदेखि क्रियाशील कम बिशेषज्ञ चिकित्सकहरु मध्ये डा। प्रमेन्द्र एक हुन् । स्नातकोत्तर सम्पन्न गरे पछि मधुमेहका बिरामीहरुको बिशेष उपचारमा डा। प्रमेन्द्रले दक्षता हासिल गरेका छन् । साथै डा. प्रमेन्द्रलाई डिजिटल हेल्थको विज्ञको रुपमा पनि लिईएको छ । विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको टेलिमेडिसिन सेवा कोशी प्रदेशको जिल्लाहरुमा विस्तार गर्न उनले मुख्य भूमिका खेल्नु भएको छ । त्यसै गरी बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आकस्मिक बिभागलाई ब्यबस्थित र त्रायज प्रणाली लागू गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएकी छिन्।
वर्ष सन् २०२५ देखि सन् २०२७ सम्म निर्वाचित भए पछि स्वास्थ्य खबरसंग कुराकानी गर्दै डा। प्रमेन्द्रले आगामी २ वर्ष दक्षिण एसियाका देशहरु भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र नेपाल मिली प्राथमिक स्वास्थ्य प्रणाली सबल बनाउन र वोन्काको सदस्यता विस्तार खेल्न मुख्य भूमिका खेल्ने बताएका छन् ।
वोन्काको सदस्यमा प्राथमिक चिकित्सक तथा आकस्मिक चिकित्सा संघ नेपाल पनि हो । डा प्रमेन्द्र प्राथमिक चिकित्सक तथा आकस्मिक चिकित्सा संघ नेपालका आजीवन सदस्य पनि हुन् ।
वोन्का विश्वभर रहेका एमडीजीपी बिशेषज्ञ चिकित्सकहरुको पेशागत हक हित तथा पेशागत विकासमा कार्य गर्ने संगठन हो । एमडीजीपी चिकित्सकहरुलाई युरोप र अमेरिकामा फ्यामिली फिजिसियन पनि भनिन्छ ।