यहाँ देश त छ तर नाममै सिमित हुने होकी?
यहाँ सपना त छन् तर साकार नहुने हुनकी?
यहाँ कार्यालय त छन् तर सुचना हराउने हुनकी?
यहाँ कर्मचारी त छन् तर दायित्व बिर्सिने हुनकी?
यहाँ जनता त छन् तर आवाज दबिने होकी?
यहाँ नेता त छन् तर नेतृत्व हराउने होकी?
यहाँ पाठशाला त छन् तर नैतिक शिक्षा हराउने होकी?
यहाँ अस्पताल त छन् तर उपचार नभेटिने होकी?
यहाँ गास त छ तर भोक हराउने होकी?
यहाँ बास त छ तर निद हराउने होकी?
तर..यहि धर्तीमा जेन्जीको रगत मिसिएको छ,
यहि आकाशमा धुवासंगै हाम्रो सपना जलेको छ|
हो..क्षति गम्भीर छ,
तर देश बर्बाद भएको छैन|
भविष्य अँध्यारो जस्तो लाग्छ,तर उज्यालो बाटो खुल्नेछ,
भ्रष्टाचार शून्यमा झर्नेछ|
विदेशीएका लाखौ युवाहरु स्वदेश फर्किनेछन्,
सबैले रोजगार पाउनेछन्|
मनमा विश्वास बोकेर नयाँ नेपाल बन्नेछ,
देश अझै उठ्नेछ,सुशासन र सम्वृद्धि छाउनेछ|
यो देशले नयाँ नेतृत्वका साथ नयाँ बिहानी पाउनेछ,
त्यसैले यहि नेपाललाइ फेरी उचाल्ने जिम्मा हाम्रो हुनेछ|
“जय देश”