स्तनपान सप्ताह
स्तनपान सप्ताह हो पहिलो साता अगस्ट।
बुझ्नुपर्छ यसको फाइदा सारा संसार जगत।।
अमृततुल्य पोषक तत्व तुलना केही छैन।
कतै धाइ ल्याउनुपर्ने पनि होइन।।
पहिलो खोप बच्चालाई, आमाको त्यो दूध।
दूध निकाल्न पहिलो पटक, चुसाउने हो खुब।।
आमा अनि बच्चाबीच गाढा माया हुन्छ।
दूध चुसाउँदा जन्मान्तरलाई फाइदा पनि दिन्छ।।
तताउने झन्झट छैन, सकिँदैन पनि।
जति चुस्यो त्यति बढी आउने गर्छ तनि।।
पाठेघरलाई खुम्च्याउन, मद्दत गर्छ यसले।
विधि यही अपनाउँछन्, कुरा बुझ्छ जसले।।
रूप बिग्रन्छ भन्छन् कोही, अर्ध बुझ्नेहरू।
सुन्दरतामा निखारता ल्याउँछ यसले बरू।।
बच्चालाई सबै पुग्ने, पूर्ण हो त्यो आहार।
पूर्ण स्तनपानको लागि ल्याउनुपर्छ बहार।।
-(गोमा गौतम साङ्ला प्रा.स्वा.के.मा सि.अ.हे.व.छिन्।)