काठमाडौं- जेनजी आन्दोलनपछि भौतिक रुपमा ध्वस्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शून्यबाट फेरि सेवा दिन सुरु गर्दैछ।
मन्त्रालयले मन्त्रालयभन्दा पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धन परिषद (एनएचआरसी)को नयाँ भवनबाट सेवा सुरु गर्न लागेको हो।
हस्तान्तरण भइनसकेको उक्त भवनमा मन्त्रालयले तत्कालै काम सुरु गर्नका लागि आवश्यक तयारी अगाडि बढाएको हो।
कार्यालयको व्यवस्थापन गर्दै शून्यताबाट क्रमश: अगाडि बढ्न लागेको मन्त्रालयका सचिवद्वय डा विकास देवकोटा र डिल्लीराम शर्माले स्वास्थ्यखबरलाई जानकारी दिए।
'पहिला त कार्यालयकै व्यवस्थापन गर्नुपर्ने छ,' उनीहरुले भने, 'त्यसपछि कर्मचारीको मनोबल उच्च बनाउँदै अगाडि बढ्नेछौं।'
जेनजी आन्दोलनपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै स्वास्थ्य मन्त्री पनि छिट्टै आउन सक्ने आकलन गर्दै एनएचआरसीको नयाँ भवनमा मन्त्रीको कार्यकक्ष तयार पारिँदै छ। त्यसपछि क्रमश अन्य कोठा र कार्यकक्षहरुको व्यवस्थापन गर्दै जाने तयारी मन्त्रालयले गरेको छ।
हेरौं तस्बिरहरु








