मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख १२, २०८३
Sat, Apr 25, 2026
शनिबार, वैशाख १२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्यमा ९७४ पुल दरबन्दी थप गर्ने गृहकार्य
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहने गरी विभिन्न विधामा ९७४ वटा 'पुल दरबन्दी' थप गर्ने प्रक्रिया अगाडि बढाएको छ। विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई समेट्ने गरी संघीय मन्त्रालय मातहत रहने यी दरबन्दीका विषयमा अहिले स्वास्थ्य र अर्थ मन्त्रालयबीच सघन छलफल भइरहेको छ।
बुधबार, वैशाख ९, २०८३
बुटवलमा गर्भपतनका क्रममा महिलाको मृत्युकाे विषयमा छानबिनका लागि डा पराजुलीको नेतृत्वमा समिति गठन
बुधबार, वैशाख ९, २०८३
बुटवल घटना: मेडिकल काउन्सिलले विशेषज्ञ टोलीमार्फत छानबिन गर्ने
बुटवलमा गर्भपतनका क्रममा २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनालाई नेपाल मेडिकल काउन्सिलले गम्भीरतापूर्वक लिँदै उच्चस्तरीय छानबिन प्रक्रिया अगाडि बढाएको छ। उपचारमा संलग्न चिकित्सक र स्वास्थ्य संस्थाको लापरबाही औँल्याउँदै काउन्सिलमा टेलिफोनबाट जानकारी र सञ्चारमाध्यममा समाचार आएपछि छानबिन प्रक्रिया सुरु भएको हो।
बुधबार, वैशाख ९, २०८३
गर्भपतनका क्रममा महिलाको मृ त्यु प्रकरण: दुई चिकित्सक सुरक्षा खोज्दै प्रहरीकोमा
गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको घटना जोडिएका उनीहरु असुरक्षित महसुस भएपछि आफैं प्रहरीको शरणमा पुगेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले स्वास्थ्यखबरलाई बताए ।
बुधबार, वैशाख ९, २०८३
चितवनमा जापानीज इन्सेफलाइटिस विरुद्ध खोप अभियान
बुधबार, वैशाख ९, २०८३
अदालतको आदेशपछि डा. सिंह सह-प्राध्यापकमा प्रमाणीकरण: ११ महिना अघिकै मिति कायम
अदालतले डा. सिंहले प्राप्त गरेको अंक सह-प्राध्यापक पदका लागि पर्याप्त रहेको भन्दै आईओएमको पुरानो नतिजा बदर गरिदिएको थियो। सोही आदेशको पालना गर्दै आईओएम डीन कार्यालयले गत वैशाख ७ गते सूचना जारी गरी डा. सिंहलाई ११ महिना अगाडिकै मिति (२०८२ जेठ ११) बाट लागू हुने गरी सह-प्राध्यापक पदमा प्रमाणीकरण गरेको जानकारी दिएको छ।
बुधबार, वैशाख ९, २०८३
डाक्टर भगवान नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
के–पाल्स यूकेकी ट्रष्टी तथा एनआरएनए आइसीसीकी सचिव प्रसुना कँडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन्। नेपालमा सस्तो र सहज बाल स्वास्थ्य सेवा प्रवाहमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग गर्ने लक्ष्यसहित के–पाल्स यूके स्थापना गरिएको उनले बताइन्।
बुधबार, वैशाख ९, २०८३
गहिरो निद्रा कसरी पाउने?
निद्राले थकाइ घटाउने, मनलाई शान्त बनाउने, शरीरलाई पुनर्ताजगी प्रदान गर्ने र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने काम गर्छ । साथै मानसिक कार्यक्षमता, जस्तै: स्मरण शक्ति, एकाग्रता, ध्यान र रचनात्मकतालाई बढावा दिन पनि निद्राको जरुरी हुन्छ ।
बुधबार, वैशाख ९, २०८३
सिंहदरबार वैद्यखानाद्वारा १०३ थरीका औषधि उत्पादन, जीएमपी मापदण्डमा उत्पादन गर्ने तयारी
वैद्यखानाबाट उत्पादन हुने आयुर्वेदिक औषधिलाई विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्डमा लैजाने तयारी गरिएको निर्देशक डा. केसीले बताए। यस वर्षदेखि शिलाजीत, मिमिया लगायतका औषधिलाई जीएमपी मापदण्डअनुसार उत्पादन गर्ने तयारी रहेको उनले जानकारी दिए। चूर्ण र ट्याब्लेटलाई पनि जीएमपी मापदण्डमा उत्पादन गर्ने तयारी भइरहेको उनले बताए।
मंगलबार, वैशाख ८, २०८३
केएमसी दुवाकोटमा मुटुको पहिलो सफल उपचार
पेट र मुटु दुख्ने समस्याले पिरोलिएका माकजूलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। अस्पतालको अत्याधुनिक प्रविधिका साथ विशेषज्ञ टोली उनको उपचारमा तल्लीन भयो। मुटुरोग विशेषज्ञद्वय डा. सहदेव ढुंगाना र डा. पविन्द्र तामाङको टोलीले माकजूको मुटुको गहिरो परीक्षण गर्दै अस्पतालको अत्याधुनिक क्याथ ल्याबमा पहिलो पटक सफलतापूर्वक 'डाइग्नोस्टिक एन्जियोग्राम' सम्पन्न गर्यो।
मंगलबार, वैशाख ८, २०८३
टोखा चण्डेश्वरी अस्पतालमा कर्मचारी अभाव, भएका कर्मचारीले पनि ५ महिनादेखि तलब पाएनन्
अस्पतालका कर्मचारीहरूले कार्यालय प्रमुखलाई सम्बोधन गर्दै लेखेको पत्रमा अन्य विभागबाट तत्काल दुई जना कर्मचारी खटाई आकस्मिक सेवा निरन्तर सञ्चालनका लागि सहयोग गर्न अनुरोध गरेका छन्। आवश्यक जनशक्ति नपुगेमा आकस्मिक विभाग बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइएको छ।
मंगलबार, वैशाख ८, २०८३
नेपाली औषधि उद्योग: अर्थतन्त्रको बलियो खम्बा र सम्भावनाका पाटाहरू
नेपालमा हाल प्याकिङ उद्योगहरू खुल्न थाले पनि कच्चा पदार्थ (एपिआई) उत्पादन गर्ने उद्योगहरू आउन सकेका छैनन्। यदि सरकारले कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ र उपयुक्त औद्योगिक वातावरण सुनिश्चित गरिदिने हो भने भविष्यमा कच्चा पदार्थकै उद्योगहरू पनि स्थापना हुन सक्छन्। यसले नयाँ बजार र ठूलो मात्रामा रोजगारी सिर्जना गर्दै नेपाललाई औषधिमा आत्मनिर्भर मात्र बनाउने छैन, बरु वैदेशिक मुद्रा आर्जन गर्ने एक प्रमुख स्रोतका रूपमा स्थापित गर्नेछ।
मंगलबार, वैशाख ८, २०८३
अबिच्युअरी: नेपाली चिकित्साका लागि अविस्मरणीय डा दिनेशको देन
सबभन्दा ठूलो चुनौती एनेस्थेसियामा थियो । डा. भवानीभक्तसिंह प्रधान नामका एक्ला एनेस्थेसिस्ट थिए । उनी एकेडेमिकभन्दा पनि अनुभवी थिए । डा. दिनेश हप्तामा दुईपटक जनरल सर्जरी गर्थे । बिरामीको चाप भए पनि प्रशासनले हप्ताको एकपटक बनाइदियो । बिहान ८ बजेबाट सुरु भएको अपरेसन भोलिपल्ट बिहान २, ३ बजेसम्म चल्थ्यो । यस्तो बेलामा भवानीभक्तले निकै सहयोग गरेको स्मरण गर्छन् उनी । वीर अस्पतालको नयाँ भवन बनेपछि उनैको पहलमा हेड इन्जुरी वार्ड र न्युरोसर्जरी वार्ड सुरु भएको हो । न्युरोसर्जरी वार्डको उद्घाटन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले गरेका थिए । त्यसपछि माथिल्लो तलामा न्युरोसर्जरी विङ नै खडा गरे । फोक्सो, मुटु र हाडजोर्नीको पनि अपरेसन गरे ।
मंगलबार, वैशाख ८, २०८३
स्वास्थ्य प्रणालीको यथार्थ: पहुँच बढ्यो, तर विश्वास किन घट्दैछ?
यसैबीच, नेपालमा स्वास्थ्य सेवामा व्यक्तिगत खर्च अझै उच्च रहेको छ, जुन राष्ट्रिय स्वास्थ्य लेखा अनुसार कुल स्वास्थ्य खर्चको ठूलो हिस्सा हो। बिरामी हुनु आफैंमा आर्थिक जोखिम बन्ने अवस्था विद्यमान छ, जहाँ औषधि, रोग पहिचान परीक्षण, यातायात र बसोबास लागत जोडिँदा धेरै परिवार ऋण लिन वा सम्पत्ति बेच्न बाध्य हुन्छन्। दीर्घरोग भएका बिरामीहरूका लागि नियमित औषधि र परीक्षणको खर्चले दीर्घकालीन आर्थिक दबाब सिर्जना गर्छ, जसले स्वास्थ्य–गरिबीको दुष्चक्रलाई थप गहिरो बनाउँछ।
मंगलबार, वैशाख ८, २०८३
नेपालमा न्युरोसर्जरीको सुरुवात गर्ने डा दिनेशनाथ गोंगलको निधन
नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा दिनेशनाथ गोंगलको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको आफ्नै घरमा मंगलबार बिहान निधन भएको उनीसँग निकट रहेका न्युरोलोजिस्ट डा प्रकाश विष्टले जानकारी दिए।
मंगलबार, वैशाख ८, २०८३
आईभिएफ प्रक्रियामा पीजीटी: कस्ता व्यक्तिलाई आवश्यक पर्छ?
विशेषगरी, ३५ वर्ष भन्दा बढी उमेरका महिलालाई पीजीटी गर्न सुझाव दिइन्छ। यो उमेरमा गर्भधारण गर्दा र बच्चा जन्माउदा शिशूमा डाउनसिन्ड्रोम जस्ता अनुवंशिक समस्या आउनसक्छ। यस्तै परिवारमा कोही व्यक्तिमा थालेसेमियाको समस्या छ, परिवारभित्र नै सुत्केरी अवस्थामा मृत्यु भएको मेडिकल हिस्ट्री छ भने उनीहरुका लागि आईभिएफ प्रक्रियामा पीजीटी गराउनुपर्ने हुन्छ।
मंगलबार, वैशाख ८, २०८३
दीपकराज गिरीको रोचक अनुभव: मदनकृष्णको अनौठो सुझावले छुट्यो सूर्ती
सोमबार, वैशाख ७, २०८३
हामी अझै स्वास्थ्यका संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
स्वास्थ्य सेवा कुनै विलासिता होइन, यो आधारभूत अधिकार हो। र अधिकार कहिल्यै “पछि” राखिने विषय हुँदैन। बाजुराको त्यो बसाइँले मलाई एउटा कुरा सिकायो, समस्या देख्नु सजिलो छ, महसुस गर्नु गाह्रो। तर जब महसुस हुन्छ, तब चुप लाग्न सकिँदैन। अब प्रश्न तपाईं, हामी र सबैसँग छ- हामी अझै संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
सोमबार, वैशाख ७, २०८३
विश्वविद्यालय र अस्पतालबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन
स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले भने प्रतिष्ठानका शैक्षिक कार्यक्रम, अस्पतालको सेवा प्रवाह, जनशक्ति, पूर्वाधार, प्रतिष्ठानले भोग्नुपरेको चुनौती र भावी योजना सहित स्वास्थ्य बीमा बोर्डबाट समयमै रकम भुक्तानी नहुँदा परेका असरहरूबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। अस्पतालहरू सञ्चालनमा आर्थिक संकट देखिन थालेको उपकुलपतिहरूको गुनासो थियो।
सोमबार, वैशाख ७, २०८३
वरिष्ठ वाथरोग विशेषज्ञ डा. विनित वैद्यको अध्यक्षतामा सोसाइटी अफ प्यारेन्टेरल एन्ड एन्टेरल न्युट्रिशन अफ नेपाल गठन
उक्त कार्यक्रममा चिकित्सक, पोषणविद्, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य नेपालमा ‘न्यूट्रिशनल केयर’ को आवश्यकता, चुनौती तथा प्रभावकारी कार्यान्वयनबारे जानकारी आदानप्रदान गर्नु रहेको आयोजकले जनाएको छ।
सोमबार, वैशाख ७, २०८३
नेपालमा बढ्दो मुटु रोग र कार्डियाक टेक्नोलोजिस्टको अभाव
विज्ञहरूका अनुसार, यदि समयमै आवश्यक दरबन्दी सिर्जना गरी दक्ष जनशक्ति व्यवस्थापन गर्न सकिएमा मुटु रोगी बिरामीहरूले गुणस्तरीय, छिटो र भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन्। यसले समग्र स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
सोमबार, वैशाख ७, २०८३
अक्षय तृतियामा खानैपर्ने सातु कहिले नखाने ?
वातजन्य रोगहरूमा सातुको सेवन गर्दा यसको लघु र रुक्ष गुणका कारणले वात झन् प्रकोप हुने गर्दछ । तसर्थ, वातजन्य रोग लागेको अवस्थामा सातु सेवन अपथ्य हुन्छ । क्षीण देही अर्थात् दुब्लो, पातलो र कमजोर शरीर भएका व्यक्तिहरूले अधिक मात्रामा सत्व सेवन गर्नु बर्जित गरिएको छ ।
सोमबार, वैशाख ७, २०८३
विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि छलफल गर्दैछन्। यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले छलफल गर्ने सचिवालयले जनाएको छ ।
सोमबार, वैशाख ७, २०८३
'बन्दुकको गोलीभन्दा औषधिको गोलीमा लगानी गरौँ'
नेपालमै कच्चा पदार्थ आयात गरेर औषधि उत्पादन गर्दा हामीले ३० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गरिरहेका छौँ। यस प्रक्रियामा रोजगारी सिर्जना हुन्छ, औषधि विज्ञ र प्राविधिकले अवसर पाउँछन् र समग्र आर्थिक गतिविधि बढ्छ। यदि सरकारले नेपालमा कम्तीमा दुई उद्योगले उत्पादन गर्न सक्ने औषधि विदेशबाट आयात नगर्ने नीति लिने हो भने स्वदेशी उत्पादनको हिस्सा छोटो समयमै ८० प्रतिशतसम्म पुग्ने सुनिश्चित छ।
सोमबार, वैशाख ७, २०८३
जेठ १६ र १७ गते चितवनमा चिकित्सक संघको 'अनेमेकन' सम्मेलन हुने
प्रत्येक ३/३ वर्षमा हुने अनेमेकन सम्मेलन यसपटक चितवनमा हुन लागेको एक पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। अनेमेकन सम्मेलनमार्फत नेपाल चिकित्सक संघको पुरानो कार्यसमितिले नयाँलाई कार्यभार सुम्पिने प्रचलन रहेको पत्रकार सम्मेलनमा नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले बताए।
आइतबार, वैशाख ६, २०८३
क्रिटिकल केयर मेडिसिनदेखि कर्णालीमा जर्नलको जग बसाल्ने डा. मरहट्टा
नेपालमा पहिलोपटक 'क्रिटिकल केयर मेडिसिन'को पढाइ सुरु गर्ने श्रेय प्राडा मरहठ्ठालाई पनि जान्छ। उनकै नेतृत्वमा यस विधाको प्राज्ञिक अध्ययन सुरु भएको हो। २०५३ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलोपटक 'ओपन हार्ट सर्जरी' सुरु हुँदा बिरामीलाई एनेस्थेसिया दिने ऐतिहासिक जिम्मेवारी निभाएका थिए।
आइतबार, वैशाख ६, २०८३
रोग र अर्थतन्त्रको 'औषधि': नेपाली फार्मा उद्योग
कुनै पनि व्यक्ति कुनै रोगबाट ग्रसित छ भने उसलाई स्वस्थ बनाउन के दिइन्छ? पक्कै पनि औषधि। जसरी एउटा थला परेको शरीरलाई उपयुक्त औषधिको आवश्यकता पर्छ, त्यसैगरी मुलुकको शिथिल अर्थतन्त्रलाई गति दिन स्वदेशी उद्योग ‘औषधि’ सावित हुन सक्छ।
आइतबार, वैशाख ६, २०८३
पिडाबाट जन्मिएका शिव आफैंले आर्जेको शक्ति
करिब १० महिनाको एउटा सानो बच्चालाई एकजना बुढी हजुरआमाले बोकेर उपचारका लागि ओपिडीमा ल्याउनुभएको थियो। त्यो घटना विक्रम सम्वत २०७९ साल श्रावणतिरको हो। पुरानो र पातलो कम्मलले बेरिएको त्यो बच्चा पहिलो नजरमै असाध्यै कमजोर देखिन्थ्यो, सानो शरीर, न्यास्रो अनुहार र सुकेको हातखुट्टा, मानौँ जीवनसँग संघर्ष गरिरहेको एउटा नाजुक अस्तित्व। पुर्जामा हेर्दा ठेगाना, त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १, करेलिकाडा।
आइतबार, वैशाख ६, २०८३
बझाङको जयपृथ्वी नगरपालिका 'पूर्ण खोप सुनिश्चितता तथा दिगोपना' घोषणा
नगरपालिकाका कार्यवाहक नगर प्रमुख सर्जन बहादुर थापाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा खोप समन्वय समितिका पदाधिकारी, जनप्रतिनिधि, कार्यपालिका सदस्यहरू, जिल्ला अस्पताल बझाङ, स्वास्थ्य कार्यालयका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार र सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
आइतबार, वैशाख ६, २०८३
भारतीय सहयोगमा बागलुङको बडिगाडमा स्वास्थ्य चौकी भवन निर्माण सुरु
भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिका–७ स्थित भिमगिठे स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने भएको छ। करिब ४ करोड ७ लाख १२ हजार ६२७ रुपैयाँ कुल लागत अनुमान गरिएको उक्त भवनका लागि भारतीय दूतावास र बडिगाड गाउँपालिकाबीच द्विपक्षीय सम्झौता भएको हो।
आइतबार, वैशाख ६, २०८३
Previous
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
×
Search