काठमाडौं- नेपालमा उच्च गुणस्तरीय औषधि उत्पादन र बिक्री वितरण गर्दै आएको म्याग्नस फर्मा प्राइभेट लिमिटेडले पारासिटामोल इन्फ्युजन (PARACARE) सहित इन्जेक्टेबल्स (Injectables) सेग्मेन्टमा औपचारिक प्रवेश गरेको छ।
कम्पनीले उच्च गुणस्तरका इन्जेक्टेबल्स उत्पादनका लागि अत्याधुनिक प्रविधिसहितको उत्पादन प्लान्टमा ठूलो लगानी गरेको जनाएको छ।
अधिकांश मेसिनहरू अटोमेशन प्रणालीमा आधारित भएकाले मानव हस्तक्षेप न्यून हुने र उत्पादनको गुणस्तर उच्च स्तरमा कायम रहने कम्पनीको दाबी छ।
म्याग्नस फर्मामा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’ले विभिन्न इन्जेक्टेबल्स औषधीका भाइल र एम्पुल उत्पादन सुरु गरिसकेको छ।
“इन्जेक्टेबल्स उत्पादनमा गुणस्तर सधैं मुख्य चिन्ताको विषय रहँदै आएको छ। हामीले यसलाई प्राथमिकतामा राख्दै कुनै कमजोरी नगरी उत्पादन प्रक्रियामा विश्वस्तरीय उच्चतम मापदण्ड अपनाएका छौं,” म्याग्नस फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताए।
उनकाअनुसार कम्पनीले अहिले पाँच प्रकारका इन्जेक्सन ब्रान्डहरू बजारमा ल्याइसकेको छ। ती हुन् — PARACARE (पारासिटामोल इन्फ्युजन), PETOR (प्यान्टोप्राजोल इन्जेक्सन), LEVETAM (लेभेटिरासेटाम इन्जेक्सन), FUROMID (फ्युरोसेमाइड इन्जेक्सन) र HYOMAX (हायोसिन इन्जेक्सन)।
प्रबन्ध निर्देशक मास्केले यो म्याग्नस फर्माको लागि मात्र सुरुवात भएको उल्लेख गर्दै कम्पनीले निकट भविष्यमा अझ धेरै प्रकारका इन्जेक्टेबल्स औषधिहरू उच्चतम गुणस्तर र प्रतिस्पर्धी मूल्यमा बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिए।
हाल नेपालको औषधि उद्योगले मुख्यतया ट्याब्लेट र क्याप्सुल उत्पादनमा ठूलो फड्को मारेको भए पनि, इन्जेक्सनको क्षेत्रमा भने भारतीय र बहुराष्ट्रिय कम्पनीहरूको नै प्रभुत्व रहेको छ।
म्याग्नस फार्माले इन्जेक्टेबल्स उत्पादन सुरु गरेसँगै विदेशी कम्पनीहरूको दवदवालाई कम गर्ने र नेपाललाई औषधि आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण कदम चालेको जनाएको छ।
प्रबन्ध निर्देशक मास्केले भने, “म्याग्नस फर्माले इन्जेक्टेबल्सको सुरुवातसँगै औषधीको गुणस्तर र प्रविधिमा नयाँ मापदण्ड स्थापित गर्नेछ।”