मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ८, २०८३
Sun, Oct 25, 2026
आइतबार, कात्तिक ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पुरुषमा पनि हुन्छ स्तन क्यान्सर, छातीमा गिर्खा देखिए बेवास्ता नगर्नुहोस्
हार्मोनको असन्तुलन: पुरुष शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन हार्मोनको सन्तुलनमा परिवर्तन आउँदा स्तन क्यान्सरको जोखिम बढ्न सक्छ। क्लाइनफेल्टर सिन्ड्रोम भएका पुरुषमा सामान्य पुरुषको तुलनामा जोखिम उल्लेख्य रूपमा बढी हुन्छ। यो अतिरिक्त एक्स क्रोमोजोम हुने आनुवंशिक अवस्था हो।
१ घण्टा अगाडि
फार्मेसी सञ्चालिका अमिसा ढुङ्गानाको पक्राउबारे प्रहरीको यस्तो छ स्पष्टीकरण
प्रहरीले बरामद औषधिमध्ये लोराजेपाम र क्लोर्डायजेपोक्साइड लगायतका मनोद्विपक औषधि नेपाल राजपत्रमा प्रतिबन्धित लागूऔषधका रूपमा सूचीकृत रहेको जनाएको छ। त्यस्तै, प्रेगाबालिनसमेत सम्बन्धित विशेषज्ञ चिकित्सकको सिफारिस तथा निगरानीमा अस्पतालस्थित औषधि पसलबाट मात्र बिक्रीवितरण र प्रयोग गर्नुपर्ने व्यवस्था रहेको प्रहरीको भनाइ छ।
४ घण्टा अगाडि
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
साँच्चै भन्नुपर्छ भने मलाई आजकल चाडबाड नआइदिए जस्तो पनि हुन्छ। आइदिए पनि आफ्नै घरको चार किल्लाभित्र मात्रै अटिदिए हुन्थ्यो जस्तो लाग्छ। यो इष्टमित्र, आफन्तहरूसम्म पुग्नुपर्ने चाडबाडहरूले नजानिँदो पाराले आफ्नो आत्मसम्मानको अपहरण नै गर्छ।
६ घण्टा अगाडि
ढल्केबर पुगेर मन्त्री मेहताले भनिन्, 'ट्रमा सेन्टर बन्छ कि बन्दैन भन्ने अन्योलमा रहनुपर्दैन, टेन्डर प्रक्रिया अघि बढिसक्यो'
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको चर्चा लामो समयदेखि हुँदै आए पनि काम सुरु हुन नसक्दा स्थानीयवासीले आयोजना कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्दै आएका छन्। दुर्घटनाका घाइते तथा गम्भीर बिरामीलाई समयमै उपचार उपलब्ध गराउन ट्रमा सेन्टर आवश्यक रहेको स्थानीयको भनाइ छ।
६ घण्टा अगाडि
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
जीवनभर पढेँ, मेहनत गरेँ, डिग्री थपेँ र करियरमा अघि बढ्ने प्रयास गरेँ। कहिले प्रेमको पछि, कहिले पैसाको पछि, कहिले पदको पछि त कहिले राजनीतिक शक्ति र प्रतिष्ठाको पछि दौडिएँ। त्यतिबेला तिनै कुरालाई ठूला उपलब्धि मानेँ। अस्पतालको शय्यामा पुगेपछि प्राथमिकताहरू बदलिन थाले। स्वस्थ शरीर, मनको शान्ति, परिवारको साथ, आफन्तको माया र अरूको जीवनमा केही सकारात्मक योगदान दिन सक्नु नै वास्तविक उपलब्धि रहेछ भन्ने बोध भयो।
९ घण्टा अगाडि
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
पहिलो १०० दिनमा हासिल भएका उपलब्धिहरूलाई आधार बनाउँदै आगामी दिनमा अस्पतालको सेवा गुणस्तर सुधार, बिरामी मैत्री सेवा प्रवाह, जनशक्तिको प्रभावकारी व्यवस्थापन, चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन, डिजिटल स्वास्थ्य प्रणालीको विस्तार तथा संस्थागत सुशासनलाई थप प्राथमिकता दिइनेछ।
१० घण्टा अगाडि
स्तन क्यान्सरः समयमै जाँचले फेर्छ यात्रा
बाहिरबाट हेर्दा मानिसले जे–जस्तो भने पनि ती बिरामीको बुझाइबारे टिप्पणी गर्ने अधिकार कसैसँग छैन। किनकि हामी त्यस्तो समाजमा बाँचेका छौँ, जहाँ रोगबारे पर्याप्त बुझाइ छैन। त्यसैगरी, हाम्रो स्वास्थ्य सेवामा पहुँचको अभावले पनि रोग पहिचान वा निदान हुँदासम्म उपचार कठिन भइसकेको हुन्छ। हामीलाई स्तन क्यान्सर महिलाको रोग होला भन्ने भान भए पनि याद रहोस्, स्तन क्यान्सर महिला र पुरुष दुवैमा हुन सक्छ।
११ घण्टा अगाडि
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला?
वैज्ञानिकहरूले डीएनएमा हुने रासायनिक परिवर्तन, प्रोटिनको मात्रा तथा अन्य जैविक सूचकका आधारमा जैविक उमेर अनुमान गर्ने विधि विकास गरेका छन्। तर यी विधिका पनि सीमितता छन्। परीक्षणको नतिजा फरक पर्दैमा कुनै व्यक्तिको वास्तविक आयु कति बढ्छ वा घट्छ भन्ने निर्धारण गर्न सकिँदैन।
१२ घण्टा अगाडि
नेपाल नेत्ररोग समाजका पूर्वअध्यक्ष डा. शम्भू लाखेको निधन
नेपाल नेत्ररोग समाजले जारी गरेको शोक सन्देशअनुसार डा. लाखेले सन् २००४ देखि २००६ सम्म समाजको अध्यक्षका रूपमा नेतृत्व गरेका थिए। उनले नेपालको नेत्ररोग चिकित्सा क्षेत्रको विकास तथा आँखा उपचार सेवाको उन्नतिमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए।
१३ घण्टा अगाडि
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
रुबेला उन्मूलनको उपलब्धि नेपालको इतिहासमा गौरवपूर्ण अध्याय बनेको छ। तर इतिहासमा नाम लेखिनु र भविष्यको सुरक्षा सुनिश्चित हुनु फरक कुरा हुन्। आजको आवश्यकता विगतको सफलतामा रमाउनु मात्र होइन, त्यसलाई पुस्तौँसम्म टिकाइराख्ने आर्थिक र संस्थागत आधार निर्माण गर्नु हो। नेपालले खोपमा आत्मनिर्भर बन्न सक्छ, तर त्यसका लागि स्पष्ट वित्तीय योजना, पर्याप्त घरेलु लगानी, पारदर्शी खरिद प्रणाली, तथ्यमा आधारित निर्णय र दृढ राजनीतिक प्रतिबद्धता आवश्यक छ।
१६ घण्टा अगाडि
छालालाई तन्नेरी राख्न के खाने ?
गाजर, गोलभेँडा, रातो तथा पहेँलो खुर्सानी, आँप र अन्य रंगीन फलफूल तथा तरकारीमा क्यारोटिनोइड्सजस्ता एन्टिअक्सिडेन्ट पाइन्छन् । यस्ता तत्त्वले प्रदूषण र सूर्यको विकिरणका कारण कोषमा हुन सक्ने क्षति कम गर्न सहयोग गर्न सक्छन् ।
शनिबार, कात्तिक ७, २०८३
यस्तो छ मेडिकल प्रवेश परीक्षाको समयतालिका
मेडिकल प्रवेश परीक्षाको समयतालिका सार्वजनिक गरिएको छ। समयतालिकाअनुसार कार्तिक १४ गतेदेखि १८ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमका प्रवेश परीक्षा सञ्चालन हुनेछन्।
शनिबार, कात्तिक ७, २०८३
त्रिवि शिक्षण अस्पतालमा २४सै घण्टा मेकानिकल थ्रोम्बेक्टोमी सेवा, स्ट्रोकका बिरामीलाई नेपालमै उपचार
स्ट्रोकको उपचारमा समय अत्यन्त महत्त्वपूर्ण हुन्छ। अनुहार बाङ्गिनु, हातखुट्टा कमजोर हुनु वा शरीरको एक भाग नचल्नु, बोली अस्पष्ट हुनु अथवा बोल्न र बुझ्न कठिनाइ हुनु स्ट्रोकका प्रमुख लक्षण हुन्।
शनिबार, कात्तिक ७, २०८३
पोखरामा लागूऔषध कारोबार आरोपमा* फार्मेसी सञ्चालिका पक्राउ
शनिबार, कात्तिक ७, २०८३
दशैं तिहारको बीचमा हिमाली भेगतिर ट्रेक जाँदै हुनुहुन्छ? उचाइमा के गर्ने, के नगर्ने?
लेकबाट बच्न सबैभन्दा प्रचलित औषधि डायमक्स हो। तर यो सबै पदयात्रीलाई आवश्यक पर्दैन। बिस्तारै चढ्न नसकिने अवस्था (जस्तै गाडीमा सिधै उच्च ठाउँ पुग्ने) वा पहिले लेक लागेको इतिहास भएकाहरूका लागि बढी उपयोगी हुन्छ।
शनिबार, कात्तिक ७, २०८३
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
क्यान्सर भ्याक्सिनसँगै इम्युनोथेरापीले छालाको क्यान्सर फर्किने जोखिम ४२ प्रतिशत न्युन
अध्ययनमा सहभागी ७५ वर्षीय टोनी च्यापम्यानलाई सन् २०१९ मा मेलानोमा भएको पत्ता लागेको थियो। उनको छातीमा रहेको ट्युमर शल्यक्रियामार्फत निकालिएको थियो। तर पछि काखीमुनि गाँठो देखिएपछि क्यान्सर फेरि फर्किएको थाहा भयो र उनले दोस्रोपटक शल्यक्रिया गर्नुपर्यो।
शुक्रबार, कात्तिक ६, २०८३
मासु खाँदा घाँटीमा हड्डी अड्कियो? आफैँ निकाल्ने प्रयास नगर्नुहोस्, ज्यानै जोखिममा पर्न सक्छ"
हड्डी अड्किएपछि भातको ठूलो डल्लो, रोटी, केरा वा अन्य खानेकुरा निलेर हड्डी तल धकेल्ने घरेलु उपाय अपनाउने चलन छ। तर, यसले हड्डी अझ गहिरो धसाउन वा चोट बढाउन सक्छ। औँला, चिम्टा वा अन्य वस्तु घाँटीभित्र घुसाएर निकाल्ने प्रयास पनि गर्नु हुँदैन।
शुक्रबार, कात्तिक ६, २०८३
जनावरमा मात्रै भेटिने शामोन्डा भाइरस पहिलोपटक मानिसमा संक्रमण पुष्टि
फ्रान्सको स्वास्थ्य तथा कृषि मन्त्रालयका अनुसार संक्रमित व्यक्तिलाई पूर्वी फ्रान्समा किरा टोकेपछि भाइरस सरेको हुन सक्ने प्रारम्भिक अनुमान छ। उक्त क्षेत्रमा वसन्त ऋतुदेखि नै जनावरमा यो भाइरस देखिन थालेको थियो।
शुक्रबार, कात्तिक ६, २०८३
अत्यधिक गर्मीले समयअगावै बच्चा जन्मिने जोखिम २६ प्रतिशत बढ्ने : डब्लुएचओ
यसमा समयअगावै जन्मिने शिशुको सङ्ख्या, मृत शिशु जन्मिने घटना, कम तौल भएका शिशुको जन्म, गर्भावस्थामा उच्च रक्तचाप, बालबालिकाको मृत्यु र स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको सङ्ख्या समावेश छन्। गर्मीले बालबालिकाको दैनिक जीवनमा पार्ने असर बुझ्न विद्यालयमा विद्यार्थीको उपस्थितिसमेत निगरानी गर्न सुझाव दिइएको छ।
शुक्रबार, कात्तिक ६, २०८३
चाडबाडमा नवजात शिशुको हेरचाह कसरी गर्ने? ध्यान दिनुपर्ने १० कुरा
शिशुले दूध चुस्न नसक्ने, दूध खान छोड्ने, असामान्य रूपमा सुस्त हुने, सास फेर्न गाह्रो हुने, छाती भित्र धसिने वा झट्का आउने भए तुरुन्त स्वास्थ्य संस्थामा लैजानुपर्छ। ज्वरो आउने, शरीर असामान्य रूपमा चिसो हुने वा ओठ र जिब्रो निलो हुने अवस्थालाई पनि गम्भीर रूपमा लिनुपर्छ।
शुक्रबार, कात्तिक ६, २०८३
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
संस्थागत संरचनामा पनि परिवर्तन आएको छ। पहिले कृषि मन्त्रालय मातहत रहेको यो विभाग हाल स्वास्थ्यसम्बन्धी मन्त्रालय मातहत सारिएको छ। खानालाई जनस्वास्थ्यसँग जोड्ने हिसाबले यो महत्त्वपूर्ण कदम हो, तर संक्रमणकालमा समन्वय र स्पष्ट जिम्मेवारी आवश्यक छ।
शुक्रबार, कात्तिक ६, २०८३
पोषण, योग र कोदोमा नेपाल–भारत सहकार्य विस्तार गर्न अर्थमन्त्री वाग्लेको प्रस्ताव
उनले योग, कोदो, सौर्य ऊर्जा र विपद् प्रतिकार्यलाई नेपाल–भारत सहकार्यका महत्त्वपूर्ण क्षेत्रका रूपमा उल्लेख गरे।
शुक्रबार, कात्तिक ६, २०८३
अमेरिकाको एक ल्याबमा साइबर आक्रमण, बिरामीका विवरण चोरी भएको आशंका
क्वेस्ट डाइग्नोस्टिक्सका बिरामीका विवरण यसअघि पनि साइबर आक्रमणका कारण प्रभावित भएका थिए। सन् २०१६ मा भएको अर्को साइबर घटनामा प्रयोगशाला परीक्षणका नतिजा र सम्पर्क विवरणसहित करिब ३४ हजार व्यक्तिको जानकारी सार्वजनिक भएको थियो।
शुक्रबार, कात्तिक ६, २०८३
डा. केसीले किन गरे आयोगका उपाध्यक्षसहित गेटाका पदाधिकारीलाई बर्खास्त गर्न माग ?
आयोगका उपाध्यक्ष डा. खत्री यसअघि नेपाली आर्मी मेडिकल कलेजसँग आबद्ध रहेको संकेत गर्दै डा. केसीले उक्त संस्थामा सिट वृद्धि गर्ने निर्णयले स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठाएको बताएका छन्। आवश्यक मापदण्ड पूरा नभई सिट वृद्धि गरिएको उनको आरोप छ।
शुक्रबार, कात्तिक ६, २०८३
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
क्लिनिकल ग्यास्ट्रोएन्टेरोलोजी एन्ड हेपाटोलोजी जर्नलमा प्रकाशित अध्ययनअनुसार, नियमित रूपमा बेलुकाको खाना खाइसकेपछि वा सुत्ने समयपछि खाना खाने मानिसमा ढिलो खाना नखाने मानिसको तुलनामा कलेजोको रोगको जोखिम २० देखि ३० प्रतिशतसम्म बढी देखिएको छ।
शुक्रबार, कात्तिक ६, २०८३
वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन र छारे रोगको विशेष क्लिनिक सञ्चालन हुँदै
सम्बन्धित रोग तथा समस्याबाट पीडित बिरामीलाई समयमै सम्पर्क गरी अपोइन्टमेन्ट लिन अस्पतालले अनुरोध गरेको छ। विशेषगरी पार्किन्सन रोग, डिस्टोनिया, औषधिबाट नियन्त्रणमा नआएको छारे रोग, मुभमेन्ट डिसअर्डर तथा मेरुदण्डसम्बन्धी समस्या भएका बिरामीले विशेषज्ञबाट जाँच गराउन सक्नेछन्।
बिहीबार, कात्तिक ५, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
देश प्राकृतिक विपत्तिमा रोइरहेको छ। हामीले प्रकृतिका नियमहरूलाई बेवास्ता गर्यौँ। हरेक समस्याको समाधान कृत्रिम बनावटबाटै प्राप्त हुन्छ भन्ने भौतिकवादी सोच अँगाल्यौँ। विज्ञानको चरम उपयोग गरेका विकसित देशहरूको सिको गर्दै भौतिक विकासको दौडमा अगाडि बढ्ने क्रममा आज हामीले यस्तो पीडा भोग्नुपरिरहेको छ।
बिहीबार, कात्तिक ५, २०८३
नेपालको सुषुप्त स्वास्थ्य संकट : लेडको विषाक्तताबारे कमजोर बहस
आज एउटा बच्चालाई लेडको जोखिमबाट जोगाउनु भनेको भोलि एउटा स्वस्थ मस्तिष्क, सक्षम नागरिक र स्वस्थ पुस्ता जोगाउनु हो। त्यसैले लेडको विषाक्ततालाई अब सुषुप्त संकटका रूपमा छोडिरहनु हुँदैन। सरकारले नीति र नियमनलाई प्रभावकारी बनाउनुपर्छ, उद्योगले जिम्मेवारी लिनुपर्छ, स्वास्थ्य प्रणालीले परीक्षण र उपचारको क्षमता बढाउनुपर्छ, विद्यालयले जनचेतनाको अभियान अघि बढाउनुपर्छ र नागरिक समाज तथा सञ्चारमाध्यमले निरन्तर खबरदारी गर्नुपर्छ।
बिहीबार, कात्तिक ५, २०८३
फेसबुकको कमजोरी पत्ता लगाउने बी–फार्मेसीकी विद्यार्थी सुप्रिया अधिकारीले जितिन् झन्डै ६ लाख रुपैयाँ
फेसबुकको मूल कम्पनी मेटाले आफ्नो प्रणालीमा रहेका सुरक्षा कमजोरी जिम्मेवार ढङ्गले पहिचान गरी रिपोर्ट गर्ने अनुसन्धानकर्तालाई बग बाउन्टी कार्यक्रममार्फत पुरस्कार दिने गर्छ। यस्ता कार्यक्रमले डिजिटल प्लेटफर्मलाई थप सुरक्षित बनाउन सहयोग पुर्याउँछन्।
बिहीबार, कात्तिक ५, २०८३
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
×
Search