औषधिको अनुसन्धान, फर्मुलेसन, भण्डारण, बिक्री वितरण,
अरु धेरै छन् हाम्रो काम
फार्मेसी हार्मो पेशा,
फार्मासिस्ट हाम्रो पहिचान ǁ१ǁ
स्वास्थ्य प्रणालीको मेरुदण्ड हो फार्मासिस्ट,
औषधि हो जान
नयाँ मेडिसिन पत्ता लगाएर दिन्छन्,
स्वस्थ्य समाज निर्माणमा अमूल्य योगदान ǁ२ǁ
फार्मासिस्टले पुरै जिन्दगी समर्पित गर्छन्,
अरुको सेवा भावमा
कुनै पनि अस्पतालले गुणस्तरीय सेवा दिन सक्दैन,
फार्मासिस्टको अभावमा ǁ३ǁ
रिसर्च, क्लिनिकल ट्रायल, गुणस्तर परिक्षण र निरुपण गरेर,
फार्मासिस्टले दिन्छन् औषधिमा जान
चिकित्सकले त्यही औषधि चलाएर बचाउँछ्न,
बिरामीको प्राण ǁ४ǁ
प्रेस्क्रिप्सन ह्यान्डलिङ, प्यासेन्ट काउन्सिलिङ, एडिआर र ड्रग इन्टेराक्सनको निगरानी गर्दा पनि,
भन्छन् औषधि पसले
औषधि बिज्ञ हो फार्मासिस्ट,
बुझाइदिने कसले ǁ५ǁ
अनुशासन, नैतिकता, जिम्मेवारी भुल्दैनन् कहिले
शिक्षा, परामर्श, जनचेतना फैलाउन उभिन्छन जहिले
स्वस्थ्य बानी, खानपान र योगमा नी भर पर्नुपर्छ
हरेक रोगको निवारण औषधिले मात्र हुन्न, नित्यकर्म नि गर्नुपर्छ ǁ६ǁ
फार्मासिस्टले औषधि खाउन्जेल के खाने के बार्ने,
के गर्ने के नगर्ने सबै बताउँछन
औषधिको समुचित प्रयोग र हौसला दिएर,
रोगीको जीवन बचाउँछन ǁ७ǁ
'जहाँ औषधि त्यहाँ फार्मासिस्ट' भन्ने नारालाई बिस्तारै गरिदै छ सामना
कार्यभार र बिरामीको चापमा पनि मुस्कान सहितको सेवा दिई,
गरिन्छ निको हुने कामना
यथार्थ यहि हो, विश्व फार्मासिस्ट दिवसको सबैमा शुभकामना ǁ८ǁ
(डा मेहता डोल्पा जिल्ला अस्पताल, डोल्पाका फार्मेसी शाखा प्रमुख हुन्)