काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरिएको हो।
बुधबार, जारी गरिएको उक्त अध्यादेशले मतदाता नामावलीसम्बन्धी कानुनी व्यवस्थामा संशोधन गर्ने व्यवस्था गरिएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले विज्ञप्ति जारी गर्दै अध्यादेश लागू भएको जानकारी दिएका छन्।
सरकारले फागुनमा प्रतिनिधि सभाको निर्वाचन गर्दैछ । त्यसका लागि नामावली भर्नका लागि अध्यादेश जारी गरेको हो।
