काठमाडौं- स्वास्थ्य खबरपत्रिकाको भदौ अंकमा स्वास्थ्यखबरको १३औं हेल्थ अवार्ड पाउनेहरुको विवरणसहितको सामग्री प्रकाशित छ। यसका साथै म्यागेजिनमा आधारभूत स्वास्थ्यका विषयमा कभर स्टोरी समेत प्रकाशित छ।
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड आधारभूत स्वास्थ्यमा नै केन्द्रित रहेर काम गर्ने व्यक्ति र संस्थालाई दिइएको छ।
पत्रिकामा 'आधारभूत स्वास्थ्य: बुझाइमा अस्पष्टता कार्यान्वयनमा अलमल' विषयमा कभर स्टोरी प्रकाशित छ। यसका साथै अन्य सामग्रीहरु पनि रहेका छन्।