काठमाडौं - भवन जलेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को नयाँ भवनबाट सञ्चालन हुने भएको छ।
नयाँ भवनमा मन्त्रालय चलाउनका लागि आवश्यक तयारी अगाडि बढिसकेको छ। नयाँ भवनमा अहिले कार्पेट तथा पर्दा लगाउने तथा आवश्यक फर्निचरहरु राख्ने काम अगाडि बढेको छ।
परिषदको नयाँ भवनबाट मन्त्रालय चलाउन परिषदले स्वीकृति दिएपछि आवश्यक तयारी अगाडि बढेको हो।
मन्त्रालयले अस्थायी रुपमा काम अगाडि बढाउनका लागि परिषदको नयाँ भवनको केही भाग प्रयोगमा ल्याउन लागेको हो।
मन्त्रालयका सचिव डा विकास देवकोटाले भविष्यमा भने मन्त्रालय सिंहदरबार भित्र नै जाने जानकारी दिए।