काठमाडौं- जेनजी आन्दोलनका क्रममा जिल्ला स्वास्थ्य कार्यालय तथा स्वास्थ्यकेन्द्रमा भएको आगजनीका कारण खोप केन्द्रसहित भण्डारण गरिएका खोपहरु पनि जलेका छन्।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप केन्द्र तथा नष्ट भएपनि खोप कार्यक्रम भने प्रभावित नहुने बताए।
‘त्यसरी नष्ट भएका स्थानमा वैकल्पिक व्यवस्था पनि हुन्छ नि ।‘नजलेका स्थानबाट खोप सापटी लिएर खोप दिने व्यवस्था हाललाई मिलाइएको छ,’ डा गौतमले भने, ‘जलेका जिल्ला र नगरपालिकाका लागि नजलेका जिल्ला नगरपालिकाबाट सापटी लिएर काम भइरहेको छ। उनले सवैतिर विस्तारै सबै व्यवस्थापन हुँदै जाने बताए।
कुन प्रदेशमा कति खोप केन्द्र नष्ट भए हेरौं
